काठमाडौं। नेपाल विद्यार्थी संघका पुर्व उपाध्यक्ष ऋषिकेश जंग शाहले पोखरा विश्वविद्यालयमा भएको अनियमित भर्ना प्रकरण को बिरोधको आन्दोलनमा भएको प्रहरी हस्तक्षेपको बिरोध गरेका छन। शाहले समाजिक संजाल फेस्बुक मार्फत आफ्नो धारना सार्वजनिक गर्दै भनेका छन विद्यार्थीको हकहितमा भएको आन्दोलन गरिएको प्रहरी हस्तक्षेप नेपाल विद्यार्थी संघलाई सह्य हुने छैन। उनले प्रहरीले गिरफ्तार गरेका नेपाल विद्यार्थी संघका नेताहरु प्रताप बानिया,सरोज शाह, बिकास रानाभाट, फिरोज सुबेदि, आशिस पौडेल, सुस्मा गौतम लाई बिनासर्त तत्काल रिहाई गर्न माग पनि गरेका छन।
Advertisement