लोकेश बिएम,प्युठान ।प्युठानको राटामाटामा ट्रकको ठक्करबाट मोटरसाईकलमा सवार एकजना घाईते भएका छन।जिल्लाको जुम्री देखि चकचके तर्फ जादै गरेको बा ३ ख १०४९ नम्बरको ट्रकले क्वाडि देखि जुम्री तर्फ आइरहेको लु २९ प ६०८१ नम्बरको मोटरसाइकललाइ प्यूठान नगरपालिका ३ रातामाटामा ठक्कर दिदा मोटरसाइकल चालक घाइते भएका हुन् । घाइते हुनेमा क्वाडि निबासि बिकास रावत रहेको इलाका प्रहरी कार्यालय बिजुवारका प्रहरी जवान कृष्ण प्रसाद मरासिनिले जानकारी दिनुभयो । उहाँका अनुसार घाइते रावतलाइ उपचारका लागि जिल्ला अस्पताल बिजवार लगिएको छ भने ट्रक र ट्रक चालक जित बहादुर बिश्वकर्मालाइ इलाका प्रहरी कार्यालय बिजुवारको नियन्त्रमा लिइएको छ । त्यस्तै गएराति चुनढुँगा लिन हिडेको रा १ ख १९७१ नम्बरको टिप्परले प्यूठान नगरपालिका ७ बागदुलामा पैदल यात्रिलाइ ठक्कर दिदा पैदल यात्रि प्यूठान नगरपालिका ४ बिजुवार कालिकाथानका ४७ बर्षिया कृष्णनाथ योगिको ज्यान गएको थियो ।
ट्रकको ठक्करबाट एक जना घाईते
ट्रकको ठक्करबाट एक जना घाईते
Advertisement
तपाईको प्रतिक्रिया