घोराही–व्यक्ति हत्या गरेको आरोप लागेका देशु चौधरीलाई प्रहरीले २२ वर्षपछि पक्राउ गरेको छ । उनी हत्या गरेदेखि नै फरार थिए । दाङ प्रहरीका प्रवक्ता डीएसपी विनोदविक्रम शाहीका अनुसार २०५४ साल असोज २५ गते घोराही उपमहानगरपालिका ७ जब्बरपुरका लालध्वज शाही र ध्रुवध्वज शाहीको हत्या गरेको आरोप लागेका स्थानीय चौधरीलाई प्रहरीले आज पक्राउ गरेको हो ।
Advertisement
चौधरीलाई दाङ जिल्ला अदालतले २०६६ जेठ २० गते २० बर्ष कैद सजाय तोकेको थियोे । फैसला कार्यान्वयनकाे क्रममा खाेजतलासरत प्रहरीले उनलाई घरबाटै पक्राउ गरेको हो । चौधरीलाई आजै कारागार पठाइएको छ ।