काठमाडौं । नेपाली कांग्रेसमा अनुशासन समिति बनेपछि आफू चर्चामा आउन उजुरी दिनेहरूको संख्या दिनप्रतिदिन बढ्दै गएको छ। त्यसैक्रमा केही दिन अगाडि स्याङ्जा नेपाली कांग्रेसका महासमिति सदस्य भोजराज अर्यालले कांग्रेस नेता गोपालमान श्रेष्ठलाई अन्तरघात गरेको आरोप लगाउदै उजुरी दर्ता गराएका थिए। गोपालमान श्रेष्ठलाई कार्वाही गर्न उजुरी दर्ता गराउने अर्याल आफै अन्तरघाती भएको खुलेको छ। उनिले एक बर्ष अगाडि सम्पन्न भएको चुनावमा कांग्रेसलाई हराउन कांग्रेसका उम्मेदवारलाई भोट दिनु हुन्न भन्ने प्रचार गर्दै हिडेको तथ्य बाहिर आएको छ। उनले कांग्रेसका उम्मेदवारहरुलाई हराउन छोरा मुक्ति अर्याललाई समाजिक संजाल मार्फत कांग्रेसलाई भोट नदिन म्यासेज गर्न लगाएको स्कृन सट पनि सार्वजनिक भएको छ। बाबू छोराले गरेको यी कार्यका कारन नेपाली कांग्रेस जिल्ला कार्यसमिति स्याङ्जाले अन्तरघातिको लिस्टमा महासमिति सदस्य भोजराज अर्यालको नाम चढाएको छ।
नेता श्रेष्ठ विरुद्ध उजुरी गर्ने भोजराज अर्याल नै अन्तरघाती
नेता श्रेष्ठ विरुद्ध उजुरी गर्ने भोजराज अर्याल नै अन्तरघाती

Advertisement
तपाईको प्रतिक्रिया