सर्लाही। सर्लाही जिल्लामा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । लालबन्दी नगरपालिका–१, बगवानी जंगलमा आइतबार बिहान बा ३ ख १३१८ नम्बरको बस पल्टिँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । दुर्घटनामा ३१ जना घाइते भएका छन् । चारजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
Advertisement