शरद रिजाल,दाङ। मुलुकलाइ हिन्दुरास्ट्र कायम गराउन दबाब दिने उदेश्यका साथ रास्टृय प्रजातन्त्र पाटी दाङले जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएको छ ।राप्रपा जिल्ला कार्य समिती दाङका कार्यबाहक अध्यक्ष भुपाल रावतको नेतृत्वको टोलीले प्रशासनमा धर्ना दिएको हो। धर्ना कार्यक्रममा ९१%हिन्दु रहेको मुलुकमा धर्म निरपेक्षको आबश्यकता नरहेको कार्यवाहक अध्यक्ष रावतले बताए। बिश्वको एकमात्रै हिन्दुराज्य नेपालमा हिन्दुरास्ट्र कायम हुनुपर्ने जिकिर गर्दै राप्रपाले देशब्यापी रुपमा हस्ताक्षर अभियान तथा जनचेतना तथा धर्ना अभियानलाइ तिब्र बनाएको उनले जानकारी गराए।आजको धर्ना कार्यक्रममा राप्रपा केन्दृय सदस्य तेज बहादुर बस्नेत जिल्ला सचिब चुर्न ओलि क्षेत्रीय अध्यक्ष नरबहादुर बुढाथोकी र गेहेन्द्र बस्नेत कोषाअध्यक्ष घनश्याम के सि लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
हिन्दु रास्ट्र पुनस्थापनाको माग गर्दै राप्रपा दाङको धर्ना
हिन्दु रास्ट्र पुनस्थापनाको माग गर्दै राप्रपा दाङको धर्ना
Advertisement
तपाईको प्रतिक्रिया