• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, फागुन ०२, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

संघर्ष जारी छ, अब युद्ध उत्पादनका लागि हुन्छ : प्रचण्ड

दाङमा सिकलसेल परीक्षण सुरु, ९ सयको जाँच

कार्यसम्पादन मूल्यांकनमा रेसुङ्गा नगरपालिका लुम्बिनी प्रदेशमै पहिलो

गुल्मीमा नमूना मतदान र सम्भावित जोखिमको नमूना अभ्यास

जेनजी आन्दोलनपछि रोकियो झापामा धनीपुर्जा वितरणको काम

प्युठानमा ‘जेनजी स्मृति टावर’, दैलेसिमल युद्ध पर्यटनका रूपमा विस्तार हुँदै

निर्वाचन सुरक्षा अनुगमनमा सशस्त्र प्रहरीका महानिरीक्षक अर्याल गुल्मीमा

आगामी निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टीद्वारा ‘प्रतिबद्धता पत्र’ सार्वजनिक

हिलो र धुलोको सास्तीबाट मुक्त भयो बिर्तामोडको हर्कलाल मार्ग

लोकप्रिय समाचार

  • १. गुल्मीको सत्यवतीमा २६ जनाको निःशुल्क मोतियाबिन्दु शल्यक्रिया

  • २. हिलो र धुलोको सास्तीबाट मुक्त भयो बिर्तामोडको हर्कलाल मार्ग

  • ३. प्युठानमा ‘जेनजी स्मृति टावर’, दैलेसिमल युद्ध पर्यटनका रूपमा विस्तार हुँदै

  • ४. कर्मचारी मिलन केन्द्र गुल्मीको अध्यक्ष भण्डारी चयन

  • ५. आगामी निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टीद्वारा ‘प्रतिबद्धता पत्र’ सार्वजनिक

  • ६. रुद्रवेणी–वामीटक्सार–खर्वाङ सडक २० दिन बन्द

  • ७. जेनजी आन्दोलनपछि रोकियो झापामा धनीपुर्जा वितरणको काम

  • ८. निर्वाचन सुरक्षा अनुगमनमा सशस्त्र प्रहरीका महानिरीक्षक अर्याल गुल्मीमा

  • ९. गुल्मीमा नमूना मतदान र सम्भावित जोखिमको नमूना अभ्यास

  • १०. कार्यसम्पादन मूल्यांकनमा रेसुङ्गा नगरपालिका लुम्बिनी प्रदेशमै पहिलो

फोहोर व्यवस्थापनमा प्युठान नगरले थाल्यो पहल


  •   आइतबार, चैत २४, २०७५ मा प्रकाशित
  • राम बहादुर बिश्वकर्मा,प्युठान । फोहरलाई मोहोरमा रुपान्तरण गरी ५ नम्बर प्रदेशकै पहिलो र आधुनिक केन्द्र बनाउने उद्देश्यले प्युठानमा फोहर प्रसोधन तथा व्यवस्थापन केन्द्रको उद्घाटन गरिएको छ। प्युठान नगरपालिकाको सहयोग तथा स्वर्गद्वारी आधुनिक कृषि तथा पशुपन्छी फर्मको सन्चालनमा प्रदेश ५ का सामाजिक बिकास मन्त्री सुदर्शन बरालले ब्यबस्थापन केन्द्रको उद्घाटन गर्नुभएको हो। नगरका मेयर अर्जुनकुमार कक्षपतिले नगरपालिकाको फोहोरबाट वैकल्पीक श्रोत उत्पादन गरि फोहोरलाई पनि आयश्रोत बनाउन जैबिक फोहोरबाट मल उत्पादन गर्ने र अन्य फोहोरलाई दिर्घकालिन ब्यबस्थापन गर्ने बताउनुभयो ।

    Advertisement

    अहिले नगरपालिकाबाट उत्पादन हुने फोहोरको ८० प्रतिसत हिस्सा जैबिक फोहोर भएको उहाले बताउनुभयो। “जसलाई मलको उत्पादन गर्न सकिन्छ,बाकी २० प्रतिसत फोहोरलाई पुर्नप्रयोग गर्न मिल्दैन, हामी त्यसकोपनि ब्यबस्थापन गर्न बिकल्प निकाल्छौ” मेयर कक्षपतिले भन्नुभयो-“अबको समय आधुनिक समय भएकाले हरेक प्रबिधिको प्रयोग गरि फोहोरलाई मोहोरमा रुपान्तरण गरि स्वच्छ सुन्दुर र समृद्ध नगर बनाउने उदेश्यले फोहर प्रसोधन तथा व्यवस्थापन गर्न लागिएको बताउनुभयो । उहाले फोहरलाई मोहरमा परिणत गर्ने कुरामा सबै स्थानीय तहको समन्वय आवश्यक भएको बताउनुभयो ।
    यश अघि नगरलेे  प्युठान नगरपालिका ४ थापडाडामा फोहर व्यवस्थापन केन्द्र बनाएको थियो। बाताबरणमा दुर्गन्ध बढेको भन्दै स्थानीयको बिरोध आए पस्चात अब हामिले नयाँ कार्यको सुरुवात गरेका छौँ अभियानमा जुट्न सबै नगरबासिलाई आग्रह गर्नुभयो ।
    यस्तो कार्यको सुरावातिले छिमेकी पालिका पनि उत्सुक भएका छ्न । केही समय अगाडि नगरका मेयर कक्षपति सहितको टोलीले देशका विभिन्न प्रदेशमा फोहर व्यवस्थापनको विषयमा अध्ययन भ्रमण गरेको थियो ।सोही अनुसार नगरले स्थानीय तहको फोहरमैला व्यवस्थापनका लागि साझेदारी सम्बन्धमा नगरले यस्तो कर्यको सुरु गरेको हो । फोहरको समस्या सबै ठाउँका शहरहरुको टाउको दुखाइको विषय भएकाले यसको व्यवस्थापन आवश्यक छ कक्षपति भन्नुहुन्छ -” नगरले थालेको पहलमा सबैको साथ रहन आबश्यक छ।” फोहर व्यवस्थापनसँगै जनताले पाउने लाभ बढी भएकाले यसखालको आयोजना सफल बनाउन आवश्यक रहेको उल्लेख गर्नुभयो ।कार्यक्रममा सब इन्जिनियर दिनेश के सि ले आधुनिक फोहर व्यवस्थापन केन्द्रबाट फोहर गन्ध नआउने स्थानीय बासिन्दा र क्षेत्रमा कुनै असर नपर्ने जानकारी गराउनुभयो ।दैनिक ४,५ टिपर फोहर उत्सर्जन हुने फोहर ,घरघरबाट र स्थानीय तहले सडकमा थुपारिएका तथा सार्वजनिक स्थल र केही फोहर सङ्कलन गरिन्थ्यो। अब सङ्कलित फोहर टिपरमार्फत आफ्नै कार्यालय स्थित रहेको भण्डारण कक्षमा व्यवस्थापन गरिनुका साथै भण्डार केन्द्र नजिकै होटल, विभिन्न फुलहरु रोपि सुन्दर बगैंचा बनाइने बताइएको छ।

    नगरपालिकामा १० वडाहरु छ्न फर्मको अनुगमन र नियमन हामिले गर्छौं नगर प्रमुखले भन्नुभयो, “हामीले सबै वडा बाट दैनिक ५ टिपर फोहर सङ्कलन गर्दै आएका छौँ ।” ती फोहर सङ्कलन गरेबापत प्रति घरबाट न्यूनतम रु १०० शुल्क लिने गरिएको छ भने ठूला उद्योग र होटलबाट लिने शुल्क भने १५० रहेको छ।

    सङ्कलित फोहर ब्यबस्थापन गर्ने ६ कोठे भबन बनाइएको छ,ब्यबस्थापन गर्ने फर्मलाई बार्षिक ७ लाख प्रदान गर्नुपर्छ, १० देखि १५ प्रतिशत पुनःप्रयोग हुने प्लाष्टिकजन्य वस्तु, कागज, धातुजन्य र कुहिने सामग्रीबाट मल उत्पादन गरि कयौं रकम फर्मले आम्दानी गर्ने उहाको अनुमान छ ।

    प्युठान नगरपालिका भबन स्थित करीब रु १५ लाखको लागतमा दीर्घकालीन रूपमा फोहर व्यवस्थापनका लागि ल्याण्डफिल निर्माण भएको छ ।

    फोहर व्यवस्थापन गरिँदै आएको झिमरुक किनारमा फालिने फोहोरले स्थानीयमा दुर्गन्ध बढेकाले यस्तो दीर्घकालीन फोहर व्यवस्थापन गर्न ल्याण्डफिल निर्माण भएपछी स्थानीय खुशी भएका छ्न ।

    फोहोरको असर

    अव्यवस्थित फोहोर चाडैं गल्ने र सड्ने हुँदा यस बाट विभिन्न रोग फैलन सक्ने सम्भावना रहन्छ । फोहोरबाट फैलने रोग हावाबाट संक्रमित हुने हुँदा यसले थोरै समयमा धेरै मानिसलाई असर गर्छ र यसलाई नियन्त्रण गर्न झनै कठिन हुन्छ । फोहोर थुपारिएको स्थानमा भएका सिसाका झुर्का वा मसिना कण छाला छेडेर शरीरभित्र पस्यो भने रगतमा हुने अक्सिजनको मात्रा घटाएर शरीरबाट कार्बनअक्साइड निष्कासन हुन अवरोध समेत पर्दछ । त्यसो हुँदा श्वास–प्रश्वासमा समस्या आउँछ । मानिसको स्वास्थ्य मात्र नभई यसले वातावरणमा समेत नकारात्मक असर पार्दछ । फोहोरबाट वायु प्रदूषण हुन्छ भने प्लास्टिकले माटोको उर्बर शक्तिमा ह्रास गर्दछ ।

    यस बाहेक पनि फोहोरका कारण हाम्रो वातावरणमा गम्भीर असर समेत परिरहेको छ । फोहोरबाट उत्पन्न हुने विभिन्न तत्वले पृथ्वीको नै तापक्रम वृद्धि हुँदै गएको छ । फलस्वरूप खण्डवृष्टि, अम्लीय वर्षा, अति वर्षा जस्ता समस्या देखा परिरहेका छन् । फोहोरको समुचित व्यवस्थापन गर्न नसक्दाका वातावरण प्रदूषित तथा दुर्गन्धित हुने, सहर अव्यवस्थित तथा पिछडिएको देखिने, समग्र देशको प्रतिष्ठामा आँच पुग्ने लगायत परिणति हुने गर्दछ ।

    फोहोर व्यवस्थापनका जनचेतनामुलक कार्यक्रम सन्चालन हुनुपर्छ

    जनचेतनाको अभावलाई फोहोर व्यवस्थापनको मुख्य समस्याका रुपमा मानिन्छ । फोहोर व्यवस्थापन सम्बन्धि अहिले सम्म प्रभावकारी रुपमा कुनै जनचेतनामुलक कार्यक्रम भएका छैनन् । घरायसी तथा औधोगिक फोहोरमैलाहरुलाई वर्गीकरण गरि व्यवस्थापन गर्ने तर्फ पनि कुनै पहल गरिएको छैन । फोहोर व्यवस्थानको एक मुख्य समाधान भनेको प्रसोधन र पुन: प्रयोग हो । तर प्रसोधन र पुन: प्रयोग गर्ने प्रविधिलाई अँगाल्न नसक्दा फोहोर व्यवस्थापन झन् बढी कठिन हुँदै जाने देखिन्छ । यस्तै अव्यवस्थित फोहोर फ्याल्ने र गर्नेलाई कडा कारबाहीको दायरामा ल्याउन नसक्दा समेत फोहोर व्यवस्थापनमा चुनौती थपिएको छ।अन्तराष्ट्रिय स्थलमा अपनाएको फोहोर व्यवस्थापनको अभ्यास प्रति अनुसन्धानको कमीले फोहोर व्यवस्थापन सहज रुपमा हुन सकेको छैन । यस्तै फोहोर व्यवस्थापनको जिम्मेवारी निकाय प्रष्ट रुपमा नतोकिएको हुँदा समेत समस्या आएको छ । यी मात्र नभई जिम्मेवार निकायको लापरवाही, फोहोर व्यवस्थापनलाई प्राथमिकतामा नराखिनु र निर्मानधीन फोहोर व्यवस्थापनस्थलको प्रगति न्यून हुँदा समेत फोहोर व्यवस्थापनको समस्या बढ्दै गएको हो ।

    फोहोर व्यवस्थापनको उपाय

    फोहोर व्यवस्थापन गर्न सरकारी तह,र स्थानीय तहले आ-आफ्नो स्थानबाट विभिन्न भूमिका निभाउन जरुरी छ । फोहोर व्यवस्थापनलाई आम्दानीको स्रोतमा समेत परिवर्तन गर्न सकिन्छ । यसका लागि जिम्मेवार निकायले जनचेतनामुलक कार्यक्रम संचालन गरी स्थानीयलाई फोहोर व्यवस्थापन सम्बन्धि प्रशिक्षण दिन जरुरी छ ।

    घरायसी प्रयोगबाट निस्कने फोहोर व्यवस्थापन गर्न सामान्य तरिका अपनाउन सक्दा केही आर्थिक उपार्जन गर्न सकिन्छ । फोहोरको प्रशोधन र पुनः प्रयोग गर्ने हो भने फोहोरलाई आम्दानी र ऊर्जाको स्रोतमा परिणत गर्न सकिन्छ । जैविक फोहोरलाई कम्पोस्ट मल बनाएर तरकारी र फूल खेतीमा प्रयोग गर्न सकिन्छ । यसले फोहोर उत्पादन घटाउनुका साथै विषादी रहित ताजा तरकारी खान पाइन्छ भने यसबाट पैसाको पनि बचत/फाइदा हुनेछ । त्यस्तै, स्टिल, फलाम तथा प्लास्टिकजन्य वस्तुका टुक्रा लगायतका फोहोर कवाडीलाई बिक्री गरे सानोतिनो आम्दानी पनि गर्न सकिन्छ ।

    आइतबार, चैत २४, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जेनजी आन्दोलनपछि रोकियो झापामा धनीपुर्जा वितरणको काम
    हिलो र धुलोको सास्तीबाट मुक्त भयो बिर्तामोडको हर्कलाल मार्ग
    रुद्रवेणी–वामीटक्सार–खर्वाङ सडक २० दिन बन्द
    `भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासी समस्या समाधान गर्ने पार्टी एमाले हो´
    १३२ केभी प्रसारण लाइन सञ्चालनमा: गुणस्तरीय ऊर्जासँगै कर्णालीको अर्थतन्त्र सुधारमा आशावादी : शाक्य
    नौमुरे जलविद्युत आयोजना सजिलो छैन तर हुन्छ : थापा

    लोकप्रिय

    • १.
      गुल्मीको सत्यवतीमा २६ जनाको निःशुल्क मोतियाबिन्दु शल्यक्रिया

    • २.
      हिलो र धुलोको सास्तीबाट मुक्त भयो बिर्तामोडको

    • ३.
      प्युठानमा ‘जेनजी स्मृति टावर’, दैलेसिमल युद्ध पर्यटनका

    • ४.
      कर्मचारी मिलन केन्द्र गुल्मीको अध्यक्ष भण्डारी चयन

    • ५.
      आगामी निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टीद्वारा ‘प्रतिबद्धता

    • ६.
      रुद्रवेणी–वामीटक्सार–खर्वाङ सडक २० दिन बन्द

    भर्खरै

    • १.
      संघर्ष जारी छ, अब युद्ध उत्पादनका लागि हुन्छ : प्रचण्ड

    • २.
      दाङमा सिकलसेल परीक्षण सुरु, ९ सयको जाँच

    • ३.
      कार्यसम्पादन मूल्यांकनमा रेसुङ्गा नगरपालिका लुम्बिनी प्रदेशमै पहिलो

    • ४.
      गुल्मीमा नमूना मतदान र सम्भावित जोखिमको नमूना अभ्यास

    • ५.
      जेनजी आन्दोलनपछि रोकियो झापामा धनीपुर्जा वितरणको काम

    • ६.
      प्युठानमा ‘जेनजी स्मृति टावर’, दैलेसिमल युद्ध पर्यटनका रूपमा विस्तार हुँदै

    • ७.
      निर्वाचन सुरक्षा अनुगमनमा सशस्त्र प्रहरीका महानिरीक्षक अर्याल गुल्मीमा

    • ८.
      आगामी निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टीद्वारा ‘प्रतिबद्धता पत्र’ सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation
     

    Loading Comments...