• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ५. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ६. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ७. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

  • १०. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

प्रदेश ५ मा रेलमार्गका लागी साढे ७६ अर्ब आवश्यक, मुआब्जामै १२ अर्ब


  •   बुधबार, चैत २०, २०७५ मा प्रकाशित
  • कपिलवस्तु। मेची–महाकाली विद्युतीय रेलमार्गअन्र्तगत प्रदेश ५ को लमही–बुटवल खण्डमा पर्ने विद्युतीय रेलमार्ग निर्माणका लागि साढे ७६ अर्ब रुपैयाँ बजेट आवश्यक हुने भएको छ। ११० किलोमिटर लम्बाइको रेलमार्ग निर्माणको काम गरिरहेको रेल विभागले उक्त खण्डमा ७६ अर्ब ६७ करोड ९० लाख ६८ हजार रुपैयाँ आवश्यक हुने बताएको छ। दाङ, कपिलवस्तु र रुपन्देही भएर जाने रेलमार्ग, स्टेशन, सबस्टेशन निर्माणका क्रममा हुने जग्गा अधिग्रहण र क्षतिपूर्ति बापत १२ अर्ब ५२ करोड ६ लाख ४१ हजार रुपैयाँ लाग्ने वातावरणीय प्रभाव मूल्याकंन(इआइए) प्रतिवेदनमा उल्लेख छ। रेल्वे विभागको तर्फबाट इआइए गरिरहेका कृष्ण खनाल, विनोद चन्द्र आचार्य, वातावरण विभागका लोकश सापकोटा र वन विभागका समीर पुनले रेलमार्गबाट विस्थापित हुनेहरुका लागि सम्मानजनक मुआब्जा तथा रोजगारीको अवसर समेत प्रदान गरिने गरी सिफारिश भएको बताए। रेलमार्ग निर्माणका लागि कुल ४४७ हेक्टर आवश्यक पर्ने जनाइएको छ। जसमा निजी जग्गा १७० हेक्टर र वन क्षेत्र २५६ हेक्टर रहने छ। उक्त क्षेत्रमा तीन जिल्लाका ११ वटा स्थानीय तहका ३७७ घरधुरी प्रत्यक्ष प्रभावित हुने छन्। विस्थापित परिवारको उचित व्यवस्थापन र मुआब्जा वितरणविना आयोजनाको काम अघि बढ्न नसक्ने सरोकारवालाहरुको भनाइ छ।

    Advertisement

    प्र्रदेश ५ नेकपा समितिका सदस्य रुद्रलाल बन्जाडे रेलमार्ग निर्माणले यस क्षेत्रको आर्थिक, सामाजिक, सांस्कृतिक तथा जैविक र वातारवरणीय रुपमा ठूलो प्रभाव पार्ने हुँदा सबै विषयको उचित र सफल व्यवस्थापन हुन आवश्यक रहेको बताउँछन्। उनले भने, ‘रेल्वे निर्माणपछि हामी आर्थिक रुपले बलियो बनौँला तर, सांस्कृतिक वातावरणीय र जैविक अवस्था कस्तो हुन्छ, यसबारे हामी गम्भीर बन्नु जरुरी छ।’ रेलमार्गले प्रदेशलाई फाइदा पुग्ने भए पनि मुआब्जा वितरणमा सरकार सचते हुनु आवश्यक रहेको वुद्धभूमि नगरपालिकाका प्रमुख केशवकुमार श्रेष्ठको भनाइ छ। ‘

    विकासका लागि स्थानीय तह सधैं सकारात्मक छ,’ उनले भने, ‘तर पीडितहरुलाई उचित मुआब्जा र व्यवस्थापनमा सरकार गम्भीर बन्नुपर्छ।’ वुद्धभूमिका स्थानीय विष्णुहरि शर्माले नागरिकहरु विस्थापित समुदायलाई प्रभावित नपर्ने गरी वन क्षेत्रबाटै रेलमार्ग बनाउँदा उचित हुने बताउँछन्।

    मुआव्जा दिएर मात्र समस्या समाधान नहुने भन्दै उनले विकासका लागि बस्ती उठाउनुभन्दा कम प्रभावित हुने वन क्षेत्रबाटै रेलमार्ग विस्तार गर्नुपर्ने उनको भनाइ छ। ‘अतिआवश्यक क्षेत्रबाहेक अन्य क्षेत्रमा रेलमार्ग मानव वस्तीभन्दा टाढा राख्दा उचित हुन्छ,’ उनले भने, विद्युतीय रेलको गति प्रतिघण्टा २०० किलोमिटर हुन्छ, यसले कम्पन ल्याउँछ , समस्या हुनसक्छ।’

    रेल विभागले मेची–महाकाली विद्युतीय रेल आयोजनाअन्र्तगत पहिलो चरणमा लमही हुँदै शिवराज नगरपालिकाको शिवपुरसम्म बिस्तार गर्ने जनाएको छ। दोस्रो चरणमा शिवराज चन्द्रौटादेखि रुपन्देहीको बुटवलसम्म लगेर पूर्वबाट आउने लाइनमा जोड्ने बताएको छ। दुई चरणअन्र्तगतको उक्त रेलमार्ग ११० किमीको रहने छ।

    त्यसभित्र १३ किमी सुरुङमार्ग रहने छ। रेलमार्गमा २६ वटा पुल निर्माण गरिने छ। आठ वटा स्टेशनमध्ये कपिलवस्तु खण्डमा शिवपुर, गोरुसिंगे र मोतिपुरमा रहने छन्। समयमै जग्गा अधिग्रहण कार्य भए र प्रर्याप्त बजेट उप्लब्ध गराए पाँच वर्षभित्रै काम सम्पन्न गरिने रेल विभागले जनाएको छ।

    बुधबार, चैत २०, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने
    मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल
    रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा
    सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ५.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    • ६.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    भर्खरै

    • १.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • २.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ३.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ४.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ५.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

    • ६.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • ७.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    • ८.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation