सिन्धुपाल्चोक – सिन्धुपाल्चोकमा सिलिण्डर ग्यास विस्फाेट हुँदा ४ जनाको ज्यान गएकाे छ । जिल्लाको भोटेकोशी गाउँपालिका-४, चाकुमा खाना पकाउने सिलिण्डर ग्यास विस्फाेट हुँदाज्यान गुमाउनेहरुमा शिवश्री हाइड्रोपावरमा सीआरसी ठेकेदार कम्पनीमा कार्यरत मजदूरहरु रहेका छन् । शिवश्री हाइड्रोपावरका सल्लाहकार उमेस कसजुका अनुसार सीआरसी ठेकेदार कम्पनीको क्याम्पमा शनिबार दिउँसो साढे ४ बजे ग्यास सिलिन्डर विस्फोट भएको थियो ।
Advertisement
मृतक सबै भोटेकोशी गाउँपालिका-४ का स्थानीय रहेको तर पहिचान नखुलेको कसजुको भनाइ छ । जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकका सूचना अधिकारी तथा प्र.ना.उ माधव प्रसाद काफ्लेका अनुसार घटनालगत्तै बाह्रबिसेबाट प्रहरी टोली घटनास्थल गइसकेको छ।