प्रिया स्मृती गजमेर ,दाङ्ग । दाङ्गमा सवारी दुर्घटना हुदा एक जनाको ज्यान गएको छ । पिकअप गाडीले मोटर साईकललाई ठक्कर दिदा मोटर साइकल चालकको ज्यान गएको दाङ्ग प्रहरीले बताएको छ । तुलसीपुरवाट पश्चिम तर्फ जाँदै गरेको रा १ च ३४६ नम्वरको पिकअपले विपरित दिशावाट आउँदै गरेको बा ९७ प ८५६२ नम्वरको मोटरसाईकललाई ठक्कर दिदा चालकको ज्यान गएको प्रहरीले बताएको छ । दंगिशरण गाउँपालिका वडा नं. ६ थपगाउँ निवासी १८ बर्षीय गोरख चौधरीको दुर्घटनामा ज्यान गएको हो । चौधरीलाई राप्ती प्रादेशिक अस्पतालमा उपचार गर्दा गर्दै ज्यान गएको हो । पिकअपका चालक भने फरार रहेको दाङ्ग प्रहरीले बताएको छ ।
Advertisement