चितवन- चितवनस्थित भरतपुर महानगरपालिका तोरीखेतमा रहेको वडा नम्वर ५ को कार्यालयमा बम बिस्फोट गराइएकाे छ। बुधबार बिहान शक्तिशाली सिलिण्डर बम बिस्फाेट गराइएकाे जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुशीलसींह राठौरले बताए।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले विस्फोटबाट कार्यालयको झ्यालका सिसा फुटेको र विस्फोटपछिको आगजनीबाट कागजपत्र जलेर नष्ट भएको बताए।विस्फोट राति करिब साढे १२ बजे गराइएको थियो ।शक्तिशाली सिलिण्डर बम बिस्फोटपछि भवनमा आगलागी भएको थियो। विस्फाेट तथा आगलागीकाे खबर पाए लगत्तै प्रहरी घटनास्थल पुगेकाे र भरतपुर महानगरकाे दमकल तथा स्थानीयकाे सहयाेगमा आगाे निभाइएकाे प्रहरी उपरीक्षक राठाैरले बताए। उनका अनुसार बिस्फोट कसले गराएको हाे भन्ने सम्बन्धमा हालसम्म केही खुलेकाे छैन। प्रहरीले अनुसन्धान अघि बढाएकाे उनले जानकारी दिए। विस्फोट गराएको आशङ्कामा प्रहरीले राति नै ६ जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएकालाई अनुसन्धान शुरु गरिएको छ ।
राठौरले विप्लव निकट नेकपा माओवादीले गराएको अनुमान गरिएको बताए ।
भरतपुरको वडा कार्यालयमा बम बिस्फोट,६ जना पक्राउ
भरतपुरको वडा कार्यालयमा बम बिस्फोट,६ जना पक्राउ
Advertisement
तपाईको प्रतिक्रिया