हेमन्त अधिकारी,दाङ। दाङको घोराहि स्थित मदरसा दारुल हुदा अल्सल्फिया स्कुल जामे मस्जिदमा अध्यनरत बालबालिकाको शिक्षामा सहयोग पुर्याउने भन्दै खाजा खर्च कटाएर शैक्षिक सामाग्री प्रदान गरिएको छ । घोराहिमा रहेको अल्फा इन्लिश बोर्डिङ स्कुलमा अध्यनरत कक्षा ८ ए सेक्सनमा पढ्ने विद्यार्थीले अाफ्नो खाजा खर्च कटाएर आज एक कार्यक्रमकाबीच विभिन्न शैक्षिक सामाग्री प्रदान गरेका हुन।यहाँका ९१ जना भन्दा बढी बालबालीकालाई शैक्षिक सामाग्री कापि , कलम ,ईरेजर पेन्सिल लगायत शैक्षिक सामाग्री उपलब्ध गराइएको हो ।
सरकारले शिक्षालाई निशुल्क गरेको भए पनि सामान्य कापी, कलम, लगायतका सामाग्री आफै खरिद गर्नुपर्ने अवस्थालाई ध्यानमा राख्दै अल्फामा अध्यनरत विद्यार्थीहरुले सो सामाग्री प्रदान गरेका हुन।
घोराहि आर्थीक रुपमा सम्पन्न रहेपनि यहाँ विपन्न तथा पिछडिएका बर्गको पनि बसोबास रहेको र उनिहरुकै सन्तानको शिक्षामा सहयोग पुर्याउन सामाग्री उपलब्ध गराइएको अल्फा इङ्लिस बोर्डिङ कक्षा ८ ए का कक्षा शिक्षक तिलकराम अधिकारीले बताउनुभयो ।
कार्यक्रममा शिक्षक तिलकराम अधिकारी ले शैक्षिक सामग्रीको अभावमा कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित हुन नपरोस् भनेर सामग्री हस्तान्तरण गरेको बताउनु भयो।कार्यक्रममा मदरसा बिद्यालय का प्रधानाध्यापक ममता खत्रि अल्फा बोर्डिङ का शिक्षक गुरुप्रसाद केसि लगायतले आफ्नो धारणा राख्नु भएको थियो।
खाजा खर्चको रकमले बालबालिकालाई शैक्षिक सामाग्री
खाजा खर्चको रकमले बालबालिकालाई शैक्षिक सामाग्री

Advertisement
तपाईको प्रतिक्रिया