• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, भदौ ०८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

बडीमालिकामा पुग्यो फोर–जी सेवा

चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

लोकप्रिय समाचार

  • १. सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

  • २. जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

  • ३. पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

  • ४. तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

  • ५. रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

  • ६. ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

  • ७. १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

  • ८. शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

  • ९. चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

  • १०. सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

नेपालगन्ज बिमानस्थल अन्तराष्टिय स्तरको बनाईदै


  •   सोमबार, फागुन २७, २०७५ मा प्रकाशित
  •  

    Advertisement

    सागर थापा/महेन्द्र सिंह,बाँके। लामो समयदेखि क्षेत्रीय विमानस्थलको रूपमा रहेको नेपालगन्ज विमानस्थलको स्तरोन्नति गरेर अन्तर्राष्ट्रिय विमानस्थल बनाउने निर्माण काम सुरु हुदै छ। अन्तर्राष्ट्रिय उडानकालागि सबैभन्दा पहिले अन्तर्राष्ट्रिय स्तरका पूर्वाधार आवश्यक रहेको जनाउँदै नागरिक उड्डयन प्राधिकरण नेपालगन्जका प्रमुख प्रेम नाथ ठाकुरले इन्टरनेसनल टर्मिनल भवनको डिजाइन तयार गरेर लागत निकाल्ने काम भइरहेको बताए । उनले इन्टरनेसनल टर्मिनल भवनभित्र अध्यागमन, भन्सार, क्वारेन्टाइन र सुरक्षा पोस्टलगायत अति आवश्यक भवन रहने जनाउँदै ती सबैको निर्माण नगरिएसम्म अन्तर्राष्ट्रिय उडान शुरु गर्न नसकिने बताए । इन्टरनेसनल टर्मिनल भवनको लागत निकालेलगत्तै टेन्डर गर्ने तयारी भइरहेको छ, टेन्डर भइसकेपछि यी सबै भवन निर्माणमा करिब डेढ वर्ष लाग्नेछ, अनि मात्र अन्तर्राष्ट्रिय उडान सम्भव हुनेछ, प्रमुख ठाकुरले भने । उहाँका अनुसार अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा चारैतिरबाट नेपाली सेनाले गर्ने भएकोले सोका लागि पनि विमानस्थलभित्र र बाहिर चारैतिर सुरक्षा पोस्टहरूसमेत निर्माण गरिनेछ । सङ्घीय सरकार, प्रदेश ५ को सरकार र नेपालगन्ज उपमहानगरपालिकाले समेत नेपालगन्ज विमानस्थलको स्तरोन्नति गरेर अन्तर्राष्ट्रिय उडान गर्नुपर्ने निर्णय गरिसकेका छन् । अन्तर्राष्ट्रिय स्तरका पूर्वाधार निर्माण गरिएपछि जुन देशमा उडान गर्ने हो सो देशसँग उडान रुटको अनुमति लिनुपर्ने प्रावधान रहेको जनाउँदै नागरिक उड्डयन प्राधिकरण नेपालगन्जका प्रमुख ठाकुरका अनुसार शुरुमा भारतका सहरहरूमा मात्र उडान सम्भव भएको बताए । यस विमानस्थलमा बोइङजस्ता ठूला विमान ल्याउन नसकिने अवस्था छ, तर इन्टरनेसनल टर्मिनल निर्माण गरिएपछि एटीआरबाट भारतका विभिन्न सहरमा उडान गर्न सकिनेछ, उनले भने । विमानस्थलको स्तरोन्नतिपछि नेपालगन्ज-दिल्ली उडान शुरु गर्न सकिने जनाउँदै प्रमुख ठाकुरले बुद्ध एयरले नेपालगन्ज-दिल्ली उडानको अनुमति पाइसकेको बताए ।

    केछ त योजनाहरु

    नेपालगन्ज विमानस्थलको स्तरोन्नति गरेर विदेशमा समेत उडान शुरु गराउने उद्देश्यसाथ विमानस्थलको गुरु योजना ९ मास्टर प्लान० तयार भइसकेको नागरिक उड्डयन प्राधिकरण नेपालगन्जका प्रमुख ठाकुरले जनाएको छ । गत साता ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परी दिवङ्गत हुनुभएका नागरिक उड्डयन प्राधिकरणका निर्देशक ध्रुवदास भोछिभयाले नेपालगन्ज विमानस्थलको ‘मास्टर प्लान’ तयार पारेको नागरिक उड्डयन प्राधिकरण नेपालगन्जका प्रमुख ठाकुरले बताए । दुर्घटना भएकै दिन नेपालगन्ज आएर सो मास्टर प्लानबारे विस्तृत छलफल गर्ने कार्यक्रम रहेकोमा दुर्घटनामा परी एक्कासि भोछिभयाको मृत्यु भएकाले अब केही समयपछि सो मास्टर प्लानबारे छलफल गरेर सोहीबमोजिम कामलाई अगाडि बढाइने प्रमुख ठाकुरले बताए ।

    कस्तो छ पार्किङस्थलहरु

    विमानस्थलको स्तरोन्नतिअन्तर्गत पार्किङस्थल निर्माणको काम तीव्र गतिमा भइरहेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार पार्किङस्थलको निर्माणपछि आठवटा एटीआर ७२ जहाज त्यहाँ सहज रूपमा पार्किङ गर्न सकिनेछ । तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले सो पार्किङस्थलको गत असोजमा शिलान्यास गरेका थिए । अबको एक वर्षभित्र सक्ने गरी निर्माणको काम भइरहेकोे विमानस्थलले जनाएको छ । पार्किङ निर्माणका लागि २८ करोड ५३ लाख ४० हजार ९४३ रुपियाँमा निर्माण कम्पनी कान्छाराम कन्स्ट्रक्सन प्रालि मैजुबहाल काठमाडौँसँग सम्झौता भएको थियो । केही समयदेखि विभिन्न खाले सुधारका कार्यक्रम थालेपछि नेपालगन्ज विमानस्थल व्यवस्थित र सफा देखिएको छ । अहिले नेपालगन्ज विमानस्थलबाट नेपाल एयरलाइन्स, श्री एयर, सौर्य एयर, बुद्ध एयर, तारा र गोमाले उडान भर्दै आएका छन् । यहाँबाट सङ्घीय राजधानी काठमाडौँबाहेक रुकुमको चौरजहारी र सल्ले, मुगुको ताल्चा, डोल्पा, हुम्ला, जुम्ला र बाजुरामा उडान हुने गरेको विमानस्थल कार्यालय प्रमुख ठाकुरले जानकारी दिनुभएको छ ।

    सोमबार, फागुन २७, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले
    चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ
    हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने
    ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले
    १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?
    पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

    लोकप्रिय

    • १.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक

    • २.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री

    • ३.
      पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न

    • ४.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’

    • ५.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी

    • ६.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    भर्खरै

    • १.
      नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

    • २.
      बडीमालिकामा पुग्यो फोर–जी सेवा

    • ३.
      चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

    • ४.
      हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

    • ५.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

    • ६.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    • ७.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

    • ८.
      सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...