काठमाडौं- ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन ‘अनन्त’ अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन् । बिहीबार अपरान्ह ५ बजे पुल्चोकस्थित मन्त्री क्वाटरमा बस्दै गर्दा रिंगटा लागेर लडेपछि उनी बेहोस भएका थिए।उनलाई सहयोगीहरुले अस्पताल पुर्याएका हुन।अचानक अचेत भएपछि मन्त्री पुनलाई बिहिबार साँझ काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको हो। मुटुको धढ्कन एक्कासी बढ्ने र छाती दुख्ने समस्या भएपछि उनलाई अस्पताल भर्ना गरिएको उनको सचिवालयले जनाएको छ । मन्त्री पुनको उपचारमा डा. यादव भट्ट लगायतको टोलीले सिसियु कक्षमा राखेर उपचार गरिरहेको छ।मन्त्री पुनको अहिलेको स्थिति सामान्य छ । यद्यपी आज भने उनलाई अस्पतालमै राखिने बताइएको छ । यसअघि जण्डिस बिगि्रएपछि पुनलाई थाइल्याण्डमा उपचार गरिएको थियो। मन्त्री पुनको स्वस्थ्य अवस्था बुझ्न नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली केहीबेर अघि अस्पताल पुगेर फर्किएका छन् । यस्तै सभामुख कृष्णबहादुर महरा, वनमन्त्री शक्ति बस्नेत, कानूनीमन्त्री भानुभक्त ढकाल, पूर्वगृहमन्त्री जनार्दन शर्मालगायत नेताहरूले पनि केहीबेर अघि अस्पताल पुगेर मन्त्री पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका मन्त्रीका प्रेस संयोजक रोशन खड्काले जानकारी दिए ।
ऊर्जामन्त्री बर्षमान पुन एक्कासीअस्पतालमा भर्ना
ऊर्जामन्त्री बर्षमान पुन एक्कासीअस्पतालमा भर्ना
Advertisement
तपाईको प्रतिक्रिया