• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ५. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ६. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ७. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • १०. हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

प्रहरीको सेवा प्रवाह शुद्ध र सुन्दर हुनुपर्छ प्रहरी महानिरीक्षक : खनाल


  •   सोमबार, फागुन १३, २०७५ मा प्रकाशित
  • सागर थापा,काठमाडौं।  प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नवनिर्मित प्रहरी कार्यालय भवन सँगसँगै प्रहरीले सेवाग्राहीलाई प्रदान गर्ने सेवा पनि मन, वचन र कर्मले शुद्ध र सुन्दर हुनुपर्ने बताउनुभएको छ ।

    Advertisement

    प्रहरी प्रधान कार्यालय परिसरभित्र नवनिर्मित पश्चिम गेट, आगन्तुक कक्ष, नयाँ प्रशासनिक भवन तथा राष्ट्रिय वाणिज्य बैंकको एटिएमको उदघाटन तथा नवनिर्माण हुने अडिटोरियम हलको शिलान्यासका अवसरमा सोमबार आयोजित समारोहलाई सम्बोधन गर्ने क्रममा प्रहरी महानिरीक्षक खनालले उक्त कुरा बताउनुभएको हो ।

    उक्त अवसरमा प्रहरी महानिरीक्षक खनालले नवनिर्मित पश्चिम गेट, आगन्तुक कक्ष, नयाँ प्रशासनिक भवन, नवनिर्मित एटिएमको उदघाटन गर्नुभयो । साथै उहाँले नवनिर्माण हुने अडिटोरियम हलको शिलान्यास तथा पूजाअर्चना समेत गर्नुभयो । सो अवसरमा प्रहरी महानिरीक्षक खनालले नयाँ प्रशासनिक भवन अगाडि नवनिर्मित बगैँचामा वृक्षारोपण गर्नुका साथै नवनिर्मित प्रशासनिक भवनको निरीक्षण समेत गर्नुभयो ।

    समारोहमा प्रहरी महानिरीक्षक खनालले नवनिर्मित भवन आधुनिक तथा प्रविधियुक्तका साथै सुरक्षित हुनुपर्ने चर्चा गर्दै प्रहरी प्रधान कार्यालय बाहिर निर्माण हुने भवनहरुलाई समेत प्रेरित गर्न सक्ने हुनुपर्नेमा जोड दिनुभयो । नवनिर्मित भवनको भरपुर उपयोग हुनुपर्ने र यसले अपनत्व तथा भाइचारा विकासमा सहयोग पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

    बहुआयामिक दृष्टिकोणले निर्माण हुन लागेको अडिटोरियम हल तोकिएकै समयमा गुणस्तरीय रुपमा निर्माण सम्पन्न गर्नेतर्फ निर्माण टोलीलाई अझै सजग रहन आग्रह गर्दै प्रहरी महानिरीक्षक खनालले बहुआयामिक हलको अभाव पूर्ति गर्न हलले सहयोग पुर्‍याउने चर्चा गर्नुभयो । एटिएम राख्न राष्ट्रिय वाणिज्य वैंकको सहयोगप्रति आभार व्यक्त गर्दै प्रहरीको क्षमता विकास, प्रहरीलाई आधुनिक एवं प्रविधियुक्त बनाउने सन्दर्भमा वैंकको सदैव सहयोग मिल्ने अपेक्षा राखिएको उहाँले उल्लेख गर्नुभयो ।

    समारोहमा धन्यवाद व्यक्त गर्दै प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान तथा कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक पुष्कर कार्कीले भौतिक पूर्वाधारको अभावमा पनि प्रहरी युनिटहरुले सेवा प्रदान गर्दै आएको सन्दर्भमा नवनिर्मित भवन पश्‍चात थप उर्जा प्राप्त हुनुका साथै प्रहरी सेवामा नविन सोचका साथ उच्चस्तरीय सेवा प्रवाह हुने विश्‍वास व्यक्त गर्नुभयो ।

    प्रहरी प्रधान कार्यालय भौतिक पूर्वाधार निर्देशनालयका प्रमुख प्रहरी नायव महानिरीक्षक ई. लोकेशचन्द्र सिंहले स्वागत मन्तव्य व्यक्त गर्दै नवनिर्मित भवन, पश्चिम गेट एवम् आगन्तुक कक्षको निर्माण सम्बन्धी प्रतिवेदन तथा अडिटोरियम हलको बारेमा जानकारी दिनुभयो ।
    प्रहरी प्रधान कार्यालय परिसरलाई आधुनिक एवम् व्यवस्थित बनाउनुका साथै सुरक्षित सेवा प्रवाह गर्ने हेतुले थप भौतिक पूर्वाधारहरु निर्माण गरिएको हो । सेवाग्राही तथा आगन्तुकको लागि सुविधा सम्पन्न आगन्तुक कक्ष, पश्चिम गेटमा Motorized Gate, Electric Bollard/ Barrier का साथै बैंक एटिएम समेत राखिएको छ ।

    नवनिर्मित प्रशासनिक भवनमा हाल अपराध अनुसन्धान एवम् कार्य विभाग र मानवश्रोत एवम् प्रशासन विभागका साथै सूचना प्रविधि निर्देशनालय समेतबाट कार्य संचालन भइरहेको छ । नेपाल सरकारको नियमित बजेट र शान्ति तथा पुननिर्माण मन्त्रालयको सहयोगमा कूल २२ करोड ५४ लाख २१ हजार ३ सय २४ रुपैयाँ ५९ पैसाको लागतमा उक्त भवन निर्माण कार्य सम्पन्न भएको सो अवसरमा जानकारी दिइयो ।

    साथै कुल २३ हजार ७ सय २५ बर्गफिटमा बेसमेन्ट सहित निर्माण हुने २ तले अडिटोरियम हलमा भिभिआइपी लन्ज सहितको मुख्य हल, कन्फेरेन्स तथा मिटिङ हल रहने सो समारोहमा जानकारी दिइयो ।
    समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, राष्ट्रिय वाणिज्य बैंकका उच्च पदस्थ अधिकृत एवम् वरिष्ठ प्रहरी अधिकृत तथा प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

    सोमबार, फागुन १३, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने
    मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल
    रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा
    सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ५.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    • ६.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    भर्खरै

    • १.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • २.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ३.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ४.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ५.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • ६.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ७.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ८.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation