नवराज पौडेल,कपिलवस्तु।
कपिलवस्तुको शिवराज नगरपालिकाका जनप्रतिनिधिहरुले लापरवार्ही गरेका छन । गाँउ गाँउमा सिहदरवार आयोे भने पनि शिवराज नगरवासीलाई भने झनै सास्ती भएको छ । वुधवार अत्याधिक जनगुनासो आएपछी नेपाली काग्रेसका युवाहरु शिवराज नगरपालिका कार्यालयमा पुगेका थिए । कार्यलमा सुनसान थियो भने ३ जना मात्र कर्मचारी भेटीएका थिए । शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारी केहि दिन अघि अमेरिका पारिवारिक भेटघाटको लागी गएका छन । कार्यवाहक मेयर रहेका उपप्रमुख शिवकुमारी थारु विशेष कामले काठमान्डौ गएको वताएकी छिन । त्यस्तै मेयर तथा उपमेयर नभएको समयमै अन्य कर्मचारीहरु विदामा वसेको पाइएको छ । शिवराज नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शेषकान्त पौडेलले कार्यवाहकको रुपमा शिक्षा साखा प्रमुख पुर्ण विक लाई जिम्मा दिएको पाइएको छ ।
वुधवार नेपाली काग्रेसका युवा नेता अजय थापाले नगरपालिका परिसरमा पुगेर जनप्रतिनिधिहरुको मनोमानी रहेको आरोप लगाएका छन । “मेयर शाहव अमेरिका, उपमेयर काठमान्डौ ,कार्यकारी तथा कर्मचारीहरु भ्रमणमा यो सरासर लापरवार्ही हो”– थापाले भने ।
जनता द्धारा भोट लिएर जनताको काम नगर्ने जनप्रतिनिधि विरुद्ध नेपाली काग्रेसले कडा कदम चाल्न वाध्य हुने वताए । नगरपालिकामा कोहि छैन भनेर नगरवासीहरुले गुनासो गरेका कारण नगरपालिका आएको उनले वताए । शिवराज नगरपालिका भित्र कुनै पनि प्रकोप तथा आकस्मीक घटना भयो भने त्यसको सामाधानमा कसले निर्णय लिन्छ उनले भने ।
कार्यवाहक पाएका साखा प्रमुख पुर्ण विकले भने जनताको काममा कुनै असर नपरेको वताएका छन । “जनताको काम मा केहि असर परेको छैन कसैले काम नभएको भन्ने गुनासो नै छैन”– विकले भने । मेयर अमेरिका उपमेयर विशेष कामले काठमान्डौ र प्रमुख प्रशासकिय अधिकृत विदामा रहेको उनले वताए ।
यता शिवराज नगरपालिका उपप्रमुख शिवकुमारी थारुले भने आफु २ दिनेको लागी काठमान्डौ गएको स्वीकार गरेकी छिन । “जनताको काममा कुनै असर परेको छैन कार्यवाहक दिएका छौ वाकि वुझन परे कार्यवाहक सरलाई सोध्नुुुुुस ”–थारुले भनिन । आफु सके वुधावार साझ नभए विहिवार आइपुग्ने उनले वताएकी छिन ।
मेयर उपमेयर नभएको समयमा कर्मचारीहरु मनोमानी रुपमा भ्रमण गएको भन्दै कतिपय वडा अध्यक्ष नै असुन्तुष्टि रहेका छन । कर्मचारीको वारेमा आफुहरुलाई जानकारी नभएको भन्दै जनताको काम कुनै पनि हालतमा रोक्न नहुने उनिहरुको तर्क रहेको थियो । शिवराज नगरपालिकाका प्रमुख प्रशासकयि अधिकृतको मोवाईल अफ रहेको छ । एक स्रोतका अनुसार प्रमुख प्रशासकिय अधिकृत प्रविधिक सहितको टोली भारतका विभिन्न स्थानहरुमा भ्रमणको लागी गएको जनाएको छ ।
जनप्रतिनिधीको चरम लापरवार्ही: कार्यालय सुनसान, शिवराजमा जनतालाई सास्ती ।
जनप्रतिनिधीको चरम लापरवार्ही: कार्यालय सुनसान, शिवराजमा जनतालाई सास्ती ।
Advertisement
तपाईको प्रतिक्रिया