कामना डेली,बुट्वल।
हामी उठ्ने छौ (वि विल राईज) फाउण्डेसनले मेरो गाउ मेरो ठाउँ नामक भिडियो च्यालेन्ज प्रतियोगीता गर्ने भएको छ ।सरकारले घोषणा गरेको नेपाल भ्रमण बर्ष २०२० लाई टेवा पुर्याउने उदेश्यका साथ सुरु अभियान ४ महिनासम्म चल्ने छ । जनवरी १ बाट अभियान सुरु भएको हो। बुटवलमा सोमबार पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको लागि आह्वान गर्दै फाउन्डेसनका अप्रेसन डाईरेक्टर अनुप भट्राईले आफ्नो गाउँ ठाउँमा रहेको लुकेर रहेको विभिन्न स्थानहरुको पहिचान गराउने उदेश्यका साथ अभियानको थालनी गरिएको जनाए । उनका अनुसार ५ मिनेटको पर्यटकीय, भेषभुषा, खानपान र रीतिरिवाजका भिडियो बनाएर आफ््नो गाउँ आफ्नो ठाउँको विषयमा पर्यटकीय क्षेत्रलाई उजागर गर्ने गरी प्रतियोगितामा भाग लिन सकिन्छ । प्रतियोगितामा सहभागी हुने भिडियो एचडी क्वालिटी र स्क्रीप्ट सहित अधिकतम ५ मिनेटको हुनुपर्र्ने छ । प्रतियोगितामा उत्कृष्टले १ लाख, सेकेण्ड रनर अपले ५० हजार, सर्बोत्कृष्ट भिडियो ईडीटिं, लेखन, प्रस्तुतीकरणले थप नगद २५–२५ हजार रुपैयाँ समेत पाउने छन् ।
बरिष्ठ चलचित्र कर्मी निर्मल शर्माले यो अभियान सामाजिक हितमा अग्रसर रहेको बताए । पछिल्लो समय सामाजिक संञ्जाल निक्कै आर्कषक र ब्यक्तिको क्रियटिभिटी प्रस्फुटन गर्ने रुपमा रहेको बताए । सकारात्मक सोच विकास गर्न जरुरी रहेको उनको भनाई छ ।
‘हामी उठ्ने छौ’ का अध्यक्ष पत्रकार निर्मल श्रेष्ठले भुकम्पको बेला शुरु भएको अभियानलाई पछिल्लो समय पर्यटन पर्वद्धन गर्ने लक्ष्य अघि सारिएको सुनाए । ससाना विषयबस्तु चर्चामा नआएका स्थानहरुलाई उजगार गर्दा यसबाट देशको आर्थिक समृद्धिमा समेत टेवा मिल्ने उनले बताए ।
हामी उठ्ने छौ भिडियो च्यालेन्ज प्रतियोगीता अभियानमा १३ पटकसम्म सगरमाथा आरोहण गरेका फुर्वा तेंजोंग शेर्पासहित विभिन्न पेशा ब्यावसायका ब्यक्तिहरु आवद्ध छन ।
‘मेरो गाउँ मेरो ठाँउ’ अभियान, पर्यट्न प्रबर्द्धन गर्न भिडियो च्यालेन्ज प्रतियोगीता
‘मेरो गाउँ मेरो ठाँउ’ अभियान, पर्यट्न प्रबर्द्धन गर्न भिडियो च्यालेन्ज प्रतियोगीता
Advertisement
तपाईको प्रतिक्रिया