शरद रिजाल/महेन्द्र सिंह, नेपालगन्ज ।
जमुनाह भन्सार कार्यालयले चालू आर्थिक बर्षमा निर्धारित लक्षय भन्दा बढी राजस्व संकलन गरेको छ।
२०७३/७४ मा निर्धारित लक्षय ४ अर्ब २१ करोड ४७ लाख ७४ हजार रहेकोमा जम्मा ३ अर्ब ८५ करोड ३१ लाख ६६ हजार मात्र राजस्व संकलन भएको तथ्यांक कार्यालयसंग छ। संकलन गर्ने अपेक्षा राखे पनी लक्षय अनुसार राजस्व संकलन हुन सकेको थिएन।चालू आर्थिक बर्ष २०७४/७५ मा भन्सार कार्यालयले ५ अर्ब ६७ करोड १८ लाख ५२ हजार संकलन गर्ने लक्षय रहेपनि निर्धारित लक्षयभन्दा बढी ६ अर्ब २० करोड ५८ लाख ३१ हजार राजस्व संकलन गरिएको जमुनाह भन्सार कार्यालयका प्रमुख शान्ती निरौलाले बताए । आफुले भन्सार प्रमुखको कार्यभार सम्हाले पश्चात् भन्सार कार्यालयको पार्किङ स्थल अतिक्रमण गरि बनाइएका अस्थायी टहरा हटाउन निर्देशन दिएको समेत उनले जनाए। केही दिनमै हिलाम्मे रहेको उक्त पार्किङ स्थल अत्याधुनिक बनाउन ढलानको लागि टेन्डर आबह्वान गरिने निरौलाको भनाई छ। ‘बिगत दुई बर्ष देखि पार्किङस्थलमा ब्यापार गर्न बनाईएका टहराहरु हटाउन पहल थालेको छु।’`उनले भने,’ अबको केहिदिन पश्चात् पार्किङ स्थलका टहरा हट्नेछन र पार्किङ सहज हुन्छ।’
जमुनाह भन्सारमा लक्षय भन्दा बढी राजस्व संकलन
जमुनाह भन्सारमा लक्षय भन्दा बढी राजस्व संकलन

Advertisement
तपाईको प्रतिक्रिया