• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज १८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

१२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

लोकप्रिय समाचार

  • १. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • २. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • ३. टिमुरेको टेलिफोन टावरमा सोलार जडान

  • ४. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ५. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ६. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ७. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ८. सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

  • ९. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

  • १०. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

बुटवलमा सुरु भयो कृषि मेला ,१३८ किलोको बोको मेलाको आकर्षण


  •   सोमबार, माघ २१, २०७५ मा प्रकाशित
  • कामना डेली। रुपन्देही– जिल्लाको बुट्वलमा कृषि मेला सुरु भएको छ। मेलाको प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले उद्धघाटन गरेका हुन। मुख्यमन्त्री पोखरेलले मेलाको उदघाटन गर्दै प्रदेश सरकारले कृषिलाई प्राथमिकतामा राखेको बताएका छन। कृषिको विकास विना समृद्धि सम्भव नभएको बताउँदै पोखरेलले अहिले निर्वाहमुखी कृषिलाई थप व्यावसायिक करण गर्नतर्फ सबै लाग्नुपर्ने बताए ।’निर्वाहमुखी कृषीलाई थप ब्याबसायीकरण गर्नुस।’ पोखरेलले भने।’ उनले अहिले उद्योग, व्यापार र कृषि सबैलाई निर्वाहमुखी संज्ञा दिँदै नेपाली उद्योग र व्यापार र कृषि प्रतिस्पर्धामा जाने खालको बनाउनुपर्ने बताए । किसानलाई आर्थिक रूपमा सक्षम नबनाएसम्म कृषि क्षेत्रको व्यावसायिक विकास हुन नसक्ने दाबी गरे ।कृषि र पर्यट्न नै प्रदेश ५ को सम्बृद्धिको आधार रहेको समेत उनले सुनाए।अबको राजनीतिक कृषि क्षेत्रको विकासमै केन्द्रित हुनुपर्ने उनको भनाई छ।कार्यक्रममा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले किसानलाई नै मालि बनाउने योजनाका साथ मन्त्रालय अगाडि बढिरहेको बताइन् ।‘जबसम्म किसानले व्यावसायिकीकरण अगाडि बढ्न सक्दैनन्, तबसम्म देश कृषिको विकास सम्भव छैन,’ उनले भनिन्, ‘कृषि क्षेत्रमा मन्त्रालयले धेरै कार्यक्रम ल्याएको छ, किसानहरूलाई बढीभन्दा बढी सयमा सहभागी हुनको लागि आग्रह गर्दछु ।’ ‘बजारमुखी कृषिको आधार, समुन्नत नेपालको पूर्वाधार’ भन्ने नाराका साथ सुरु कृषी मेला यहि माघ २६ गतेसम्म चल्ने छ।
    मेलामा गाउका  एक सय २६ स्टलको सहभागिता रहेको बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले जानकारी दिए । मेलाका अवसरमा ६ दिनसम्म बुटवलमण्डपमा कृषि केन्द्रीत प्रतियोगिता, अन्तरक्रिया गोष्ठी र सचेतनाका कार्यक्रमहरु पनि आयोजना गरिँदै छ । मेलामा प्रदेश नम्वर ५ को उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालय, नेपाल उद्योग वाणिज्य महासंघ, बुटवल उपमहानगरपालिका र किसानका लागि उन्नत बीउबिजन कार्यक्रम प्रबद्र्धकको भूमिकामा रहेका छन् ।२०६२ सालदेखि पहिलो पटक कृषि मेला आयोजना गर्दै आएको बुटवल उद्योग वाणिज्य संघले राष्टिय औद्योगिक व्यापार मेला आयोजना नगर्दाको बर्ष कृषि मेला गर्दै आएको छ । बुटवल उद्योग बणिज्य संघले हरेक बर्ष कृषि मेलाको आयोजना गर्दै आएको छ । बुटवलमण्डपमा कृषि केन्द्रित प्रतियोगिता, अन्तक्र्रिया गोष्ठी र सचेतनाका कार्यक्रम पनि आयोजना गरिँदैछ । मेलामा मा गाउँका उत्पादनदेखि कृषिका प्रविधिका विभिन्न आकर्षक कृषि उपजहरु समेत राखिएको छ । त्यसमध्ये १ सय ३८ किलोको बोको मुख्य आकर्षकको रुपमा देखिएको छ ।
    अष्ट्रेलियन मुलको बयर जातको उक्त पाठो अर्घाखाँचीबाट प्रदर्शनीका लागि ल्याईएको हो। सन्धीखर्क नगरपालिका–११ ,डिभर्नास्थित जालकाँडा बाख्रा समुहका दुर्गा अर्यालले प्रदर्शनीका लागि उक्त मेलामा ल्याएका हुन् । ‘यो त सानो हो– अर्यालले भने, ‘यो भन्दा ठुलो १ सय ६५ किलोको अर्को पाठो त घर मै छ हिड्न नसक्ने भएर नल्याएको हुँ, यस्ता १० वटा माउ पाठा पालेको छु, यस बोकाको मासुको मूल्य प्रति किलो एक हजार पर्दछ भने पाठीको ६ रुपैयाँ पर्ने गरेको छ ।’भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र बुटवल उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा संयुक्त आजदेखि बुटवलमण्डपमा कृषि मेला २०७५ सुरु भएको हो । संघले विशिष्टीकृत रुपमा आयोजना गरेको यस वर्षको कृषि मेला नवौं संस्करणको रहेको छ । मेलामा विभिन्न ३५ जिल्लाका कृषिजन्य उत्पादन प्रदर्शनमा राखिएका छन् ।

    Advertisement

    सोमबार, माघ २१, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड
    एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते
    दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने
    पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • २.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ३.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ४.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ५.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ६.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन

    भर्खरै

    • १.
      हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    • २.
      स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

    • ३.
      १२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

    • ४.
      कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

    • ५.
      कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

    • ६.
      पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

    • ७.
      लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

    • ८.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...