दाङ।दाङमा भरुवा बन्दुकसहित तीन जना पक्राउ परेका छन् । दाङको शान्तिनगर गाउँपालिका वडा नं. १ बागखोर स्थित सामुदायिक बनमा सिकार गर्ने उद्देश्यले जाँदै गरेका दुईजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ
Advertisement
दुईथान भरुवा वन्दुकसहित दाङ शान्तिनगर गाउँपालिका वडा नं. १ निवासी ४३ बर्षीय ताराप्रसाद राना, सल्यान त्रिवेणी गाउँपालिका वडा नं. १ बस्ने २९ बर्षीय दिपक खत्री र सोही ठाउँका १६ बर्षीय तिलक वली रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले बताए ।
उनीहरुविरुद्ध मूलुकी अपराधसंहिता ऐन २०७४ को परिच्छेद ६ को दफा १२९ बमोजिम ९ हातहतियार तथा खरखजाना सम्वन्धि कसूरमा मुद्दा दर्ता गरी आवश्यक कारवाही अगाडी बढाइएको प्रहरीले बताएको छ ।