काठमाडौं– ५ राउण्ड गोली र २ थान पेस्तोलसहित रौतहट प्रहरीले १ जनालाई पक्राउ गरेको छ।
रौतहटको गौर नगरपालिका–४ टिकुलिया बस्ने ४७ वर्षीय नकुल राउत कुर्मीलाई अटोमेटिक पस्तोल १ थान, कटुवा पेस्तोल १ थान र कटुवा पेस्तोलमा फिट हुने गोली ५ राउण्डसहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
ईशनाथ नगरपालिका–१ स्थित सशस्त्र प्रहरी बल २ नम्बर बाहिनी महोत्तरीबाट खटेको प्रहरी टोलीले बकैया खोलाको बन्जारा घाटमा हिँडिरहेका कुर्मीलाई उक्त हतियारसहित फेला पारि नियन्त्रणमा लिएको थियो।
सोही जानकारीको आधारमा जिल्ला प्रहरी कार्यालयबाट गएको टाेलीले कुर्मीलाई पक्राउ गरेको हो।
Advertisement