• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज १८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

१२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

लोकप्रिय समाचार

  • १. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • २. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • ३. टिमुरेको टेलिफोन टावरमा सोलार जडान

  • ४. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ५. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ६. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ७. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ८. सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

  • ९. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

  • १०. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

दुबै खुट्टा गुमाएका पदम भन्छन पिलिज ‘हेल्प मी’


  •   सोमबार, माघ १४, २०७५ मा प्रकाशित
  • सनिउल्ला धोबी, कपिलवस्तु ।
    कपिलवस्तुको शिवराज नगरपालिका वडा नंं ४ वनकट्कीका रामु राईको २२ वर्षको छोरा पदम राईको दुबै खुट्टा नहुदा निकै कठिनाईमा परेका छन । छोरोले कमाउला र घरधन्दा चलाउला भन्ने सपना देखेका रामु राईको सपना तुहिएको छ । पढलेख नगरेको छोरो पदमले जब मालवाहक ट्रकमा सहचालकको काम पायो, चुहिने छानो छाउने सपना देखेका राईको सपना २०७५ असार ४ गतेको अध्यारो रातमा विलिन भयो । सोही दुर्घटनामा परि दुवै खुट्टा गुमाएका उनै राई अहिले न्यायको प्रतिक्षामा छन । उज्वाल भविष्यको सपना देखेका पदम अहिले ह्व्लि चियरमा दैनिकी विताउनु परेको छ । उनी भन्छन मलाई न्याय चहियो, पिलिज हेल्प मि ।
    विहान घरबाट काममा जदाँ सग्लै गएको छोरो त्यस पछि सग्लो रहेन । लु १ ख ९८३० नम्बरको मालवाहक ट्रकमा सहचालकको रुपमा रहेका रामु राइका २२ बर्षे छोरा पदम राई असार ४ गते राती कपिलवस्तुको जवाभारीमा रहेको पशुपति सिमेन्ट प्रा.लि. गाडी सहित सिमेन्ट लोड गर्न गएका थिए । समसाझै कम्पनीमा पुगेका उनको गाडीको पालो राती १०ः३० मा आयो । गाडीमा सिमेन्ट लोड गर्दै गर्दा शौच लागेकोले शौचालय जान लाग्दा कम्पनीको सिमेन्ट लोड गर्ने लोडलोडर(स्काभेटर)ले उनलाई कुल्चियो ।
    स घटना पछि कम्पनीले नै उनको उपचारका लागि काठमाण्डौ वि एण्ड वि अस्पतालमा उपचार गराएको र दुबै खुट्टा काट्नु परेको राइले बताए । उपचारमा लागेको सबै खर्च कम्पनीले उठाएको भए पनि अस्पतालबाट डिष्चार्ज भए पछि भने कम्पनीले कुनै सोधखोज नगरेको उनले गुनासो गरे ।“ कमाउने घरमा म मात्रै हुँ म पनि दुर्घटनामा परि अपांग भएको छु, बुबालाई मलाई नै स्याहार्दा ठिक्क छ, विहान बेलुका के खाने टुङ्गो छैन” राइले भने । राइका बुबाले लेबरको काम गर्दै आएका भए पनि छोराको अबस्था यस्तो भए पछि काममा जान पनि नपाएको बुबा रामु राइले बताए । “दिन भरि यसैलाई स्याहार्र्नु पर्छ, कसरी काममा जानु”राइले भने ।
    सानो घरमा बुबा छोरा मात्रै छन । आमाले सानैमा छाडेर गएको राइले बताए । आमाले पनि मलाई ठग्नु भयो , अहिले भाग्यले पनि ठग्यो । निम्न आय भएका राइले पढ्न लेख्न पाएनन । त्यसैले ट्रकको सहचालकको काम गर्थे तर त्यहि कामले उनलाई अहिले अपांग बनाइ दियो । उपचार खर्च कम्पनीले व्योहोरेको भए पनि घटना घटाउने लोड लोडरलाई प्रहरी पिडित पक्षको मेलमिलाप विना नै छाडी दिएको उनले बताए । इलाका प्रहरी कार्यालय गणेशपुर मातहतमा रहेको लोड लोडर पिडित राइ परिवारको विना सहमति नै छाडिएको राइले बताए । “त्यहि एउटा आसा थियो, कम्तीमा मेलमिलापका लागि त आउँछ कम्पनी भन्ने तर त्यो पनि पैसा र पावरको बलमा प्रहरीले मिलमिलाप विना नै छाडी दियो” राइले भने ।
    अस्पतालबाट डिष्चार्ज गर्दा प्लाष्टिक खुट्ट लगाइ दिन्छु भनेका थिए तर एक पटक हेर्न सम्म आएनन राइका बुबाले भने । कम्पनी भित्रै दुर्घटना भएको , कम्पनी कै गाडीबाट दुर्घटना भएकाले अगाडीको जीवन यापनका लागि केहि राहत दिन्छ कि भन्ने आसा पनि हराएको उनले बताए । मरेको छ कि जिउदै छ खबर लिन पनि आएका छैेनन राइले भने ।
    दुर्घटना घटाएको लोडलोडर इलाका प्रहरी कार्यालय गणेशपुरले कागजपत्र आफु संग राखेर छाडेको जनाएको छ । मेलमिलापका लागि दुबै पक्षलाई माघ ८ गते कार्यालयमा बोलाएको तर पिडित पक्ष नआएको र गाडी ९० दिन सम्म राखेको तर पछि माथिको दवावका कारण छाडिएको गणेशपुर प्रहरी प्रमुख प्रहरी निरिक्षक नविन पौडेलले बताए । दुर्घटना पछि पिडित पक्षको न्यायको लागि आफुले लामो समय सम्म गाडीलाई राखेको बताउदै “अहिले पनि गाडीको सम्पूर्ण कागजात प्रहरी संग नै छ, पिडित पक्षले न्याय पाएनौ भन्छ भने हामी गाडीलाई भर्खरै समात्छौ” पौडेलले भने ।

    Advertisement

    सोमबार, माघ १४, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड
    एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते
    दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने
    पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • २.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ३.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ४.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ५.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ६.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन

    भर्खरै

    • १.
      हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    • २.
      स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

    • ३.
      १२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

    • ४.
      कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

    • ५.
      कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

    • ६.
      पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

    • ७.
      लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

    • ८.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation