पोखरा– पोखरा विश्वविद्यालयको केन्द्रीय कार्यालयमा नेपाल विद्यार्थी संघले पुस २३ देखि गरेको तालाबन्दी अझै खुलेको छैन । तालाबन्दी हुँदा दुई सातादेखि प्रशासनिक कामकाज ठप्प छ ।
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) मा विधानविपरीत बसेका पदाधिकारीलाई प्रशासनले नहटाएको भन्दै नेपाल विद्यार्थी संघले पोखराको ढुंगेपाटनस्थित विश्वविद्यालय केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको हो। नेविसंघले उपकुलपति चिरञ्जीवी शर्मा, रजिस्ट्रार गोविन्द शर्मा, कन्ट्रोलर भरतराज ढुंगाना र चार संकायका निर्देशकको कार्यकक्षमा तालाबन्दी गरेको छ ।उनीहरूले प्रयोग गर्ने सवारीसाधनको चाबी उनीहरूकै कार्यकक्षमा थुनिएको छ । सेवा आयोगको कार्यालय, परीक्षा नियन्त्रण कार्यालय, लेखा र प्रशासन कार्यालयमा समेत तालाबन्दी हुँदा सम्पूर्ण कामकाज ठप्प छन्। पढाइ भने सञ्चालनमै छ । सैद्धान्तिक परीक्षा सकिएपछि स्ववियुबाट विधानतः पदमुक्त हुनुपर्ने नेविसंघको माग छ ।
पोखरा विश्वविद्यालय दुई सातादेखि ठप्प
पोखरा विश्वविद्यालय दुई सातादेखि ठप्प

Advertisement
तपाईको प्रतिक्रिया