जीवन डाँगी,काठमाडौं।
“याेगेश”, “डा.गाेबिन्द” र “गगन” । तीन रंगका तिनै पात्र ! तिनै जना जनताका भराेसा हुन् र हुनैपर्छ । कहिलेकाँही अाशा गरेका, खास पात्रबाट निराशा पनि हुदाेरहेछ र भैरहेको पनि छ ।
याेगेश भट्टराई सत्ताधारी दलका नेता हुन् । उनलाई सत्ताकाे संरक्षण गर्नैपर्छ । गगन थापा प्रतिपक्ष दलका नेता हुन, थापालाई चर्चामा अाउन मञ्च चाहिन्छ । अर्का पात्र हुन् डा.गाेबिन्द केसी , जसलाई अाफ्नाे सम्झाैताकाे साख जाेगाउनु छ । काेहि भन्दा काेहि कम देखिदैनन राजनीतिक रुपमा, तरपनि सामाजिक रुपमा डा.केसीका माग कार्यान्वयन गरे कसकाे के नै गैजान्छ हाेला र ?
माफिया भट्टराई उर्फ याेगेश :
“कहिले माया घाँम जस्तो, कहिले माया जुन जस्तो” (गज्जवकाे गित)अाफ्नाे भबिस्यमा जुन देखेका बेला खुबै रुने र फेरि घाँम देख्न थालेपछि डम्फू बजाउदै हिड्ने
याेगेश भट्टराईकाे शैली हाे । नेता भट्टराई पछिल्लो चरणमा धेरै युवाहरुकाे अाशाका केन्द्र पनि बने । तर अाजकाल शैली बदल्ने संकेत सत्ताकाे रापले पगाल्दैछ ।
अाजकाल मन्त्री बन्ने सबैभन्दा ठुलै भुत उनै नेता भट्टराईमा चढेको छ । कहिले अकबरी सुन त, कहिले डा.गाेबिन्द अराजक देख्नु उनकाे सत्ताकाे बाटाे बन्छ कि, भन्ने अाभाष हुन्छ ।
निर्मला हत्या काण्डमा सरकार असफल भएको उनी कतैबाट पनि देख्दैनन् । माधब नेपालले हायातमा हाेली मेला लगाउदा चु बाेल्दैनन् । तर चिकित्सा शिक्षाकाे सुधार गराै भन्दा अराजक र कम्युनिस्ट सरकारलाई समृद्धिकाे बाटाेमा जान नदिने उपमा दिन्छन् ।
युवा नेता ज्यु ! अनगिन्ती जनताकाे अाशा डा.केसी र युवाकाे भराेसा तपाईं प्रतिका शब्दले तपाईंकै राजनीतिमा दाग लाग्दैछ कि ? तपाईंलाई मन्त्री भन्दा सत्यताका स्वार चाहिएका छन् । माफियाकाे बाटो बन्द गर्दा, राजनीति र ईमानदारीतामा दिर्घ यात्रा देखिन्छ । हामी याेगेश भट्टराई भएको देख्न चाहान्छाै ।
अराजक केसी नै, गाेबिन्द :
संसदमा पेस गरेको चिकित्सा शिक्षा विधेयकमा संशोधन गर्न माग गर्दै डा. गाेबिन्द केसी पटकपटक अामरण अनसन बसे र बसिरहन्छन् । डा.केसी अराजक छन, किन कि उनी स्वास्थ र शिक्षा क्षेत्रकाे माफियाकरण अन्त्य गर्ने प्रयास गर्छन् । ०६९ असार २१ गते पहिलोपटक अनसन सुरु गरेपछि अहिले १६ औं चरणमा पुगे ।
अाजकाल अदालत देखि अख्तियार हुदै सरकार र राजनीति पार्टीहरूले चिकित्सा क्षेत्रमा माफियाकाे संरक्षण गरिएका छन् । जहाँपनि माफियाहरुकाे बाक्लो सहभागी देखिन्छ । त्यसमा पनि शिक्षा र स्वास्थ जस्तो समवेदनशील क्षेत्रमा ।
बिज्ञहरुकाे बिश्लेष अनुसार डा.गाेबिन्द केसीले उठाएका मागहरु चिकित्सा क्षेत्रकाे सुधारका लागि भएको बताउछन् । तरपनि याेगेशहरु यीनै डा.केसीलाई कुण्ठा र अराजककाे उपमा दिन्छन् । नेपाल कम्युनिस्ट पार्टीका नारायणीकाजी पनि केसीका माग प्रति सकारात्मक देखिन्छन् तर बाेल्याे राजिनामा दिनैपर्छ, चुपचाप गुमनाम हुन्छन् ।
अाफ्नाे स्वास्थ्य अबस्थाकाे ख्याल् नगर्नु भने डाक्टर सापकाे अराजकता हाे । अाफु धेरै बिरामी पर्नु कुन्ठा हाे भने, त्यसबाहेक अरु सबै जनताकै पक्षका लागि हुन् । डा.केसी अराजक नै बनेको सुहाउँछ नयाँ युगमा ।
चम्चे थापा अर्थात् गगन :
युवा राजनीतिज्ञमा धेरैकाे भराेसा हुन्छ र छ । नेपाली राजनीतिमा पनि बिपिकाे खाेल अाेढेका, धुलमुले युवा नेता गगन थापा प्रति धेरैकाे अाशा नभएको हाेईन । कहिलेकाँही पात्रको प्रबृत्तिले भबिस्यकाे अाकलन पनि गर्दाेरहेछ ।
राजनीतिमा ईमान चाहिन्छ, तर हामी कहाँ ईमानदारी र जिम्मेवारी, “अाकाशकाे फल, अाँखा तरि मर” भन्ने उखानमा मेल खान्छ । हुनत सत्ता र शक्तिमा जान चम्किलो चम्चा नै चाहिन्छ । गुलामी बिन, नेपाली राजनीतिमा शिखर चुम्न सजिलो छैन । केन्द्रीय सदस्य देखि, सांसद, मन्त्री बन्न, गुट र झुटकाे खेती चलाउनै पर्छ ।
हाे ! गगन थापामा पनि परम्पराबादी चिन्तनकाे राजनीति हद त्याग्ने कुनै संकेत देखिदैन र छैन । उनी सत्तामा हुदा, प्रधानमन्त्रीकाे गुलामी गर्नकै लागि गर्नुपर्ने काम गरेनन् । थापा स्वास्थ्य मन्त्री बने, कांग्रेस सत्तामा पटक-पटक गयाे । पुर्बमन्त्री गगन कांग्रेसकै राजनीति गर्थे, तरपनि डा.गाेबिन्द केसीका माग प्रति एक शब्द बाेलेनन् । मन्त्री बन्दा कुम्भकर्ण झै सुतेका थापा, अाजकाल डा.केसीका माग र उनकाे स्वास्थ अबस्थाकाे चिन्तामा रुदै हिड्छन् ।
राजनीतिकाे नाममा अाफु माफिया र भ्रष्टकाे प्रभावमा पर्ने र सत्ता बाहिर हुदा, जस पाउन खाेज्नु महामुर्खता हाे । कांग्रेस र अाफु सरकारमा पुगेकै बेला चम्चागिरीकाे प्रभाह नगरि डा.केसीका मागहरु सम्बाेधन गरिदिएकाे भए, अाजकाल चम्चे थापा हाेईन, गगन थापा हुन्थे ।
निजि बिचार