माधब बेल्वासे,कपिलवस्तु
डिभिजन बन कार्यालय गौतम बुद्ध चन्द्रौटाले कपिलवस्तुका कृयाशिल पत्रकारहरु विच अन्तरक्रिया गरेको छ । शनिबार वन संरक्षण तथा व्यवस्थापन सम्बन्धि संचारकर्मिहरु संगको अन्तरक्रिया भएको हो ।
कपिलवस्तुमा दुइ वटा डिभिजन वन कार्यालय रहेकोले चन्द्रौटामा रहेको डिभिजन वन कार्यालयले आफ्नो कार्य क्षेत्र भित्र पर्ने सम्पूर्ण वनहरुको संरक्षण र व्यवस्थापनका लागि विभिन्न कार्यक्रमहरुको वारेमा समेत जानकारी गराएको छ । डिभिजन कार्यालयका प्रमुख दुर्गा वहादुर कार्कीले चन्द्रौटामा भौतिक संरचना र कर्मचारी अभाव रहेको वताए ।
यस डिभिजन अन्तर्गत ५० वटा सामुदायिक बन, ३ वटा साझेदारी वन, १ वटा धार्मिक वन, १ प्रस्तावित संरक्षित वन ६ सय हेक्टर र ३४ वटा निजि वन रहेको डिभिजन बन कार्यालय गौतम बुद्धका प्रमुख कार्कीले बताए ।
यस बर्ष हरियाली प्रर्वद्धन महाअभियान अन्र्तगत निजि नर्सरी स्थापना गरी वितरण गर्ने , पर्यापर्यटन प्रर्वद्धन ,उद्यमशीलताका लागि उद्योग स्थापना , शिवगढी धार्मिक वन संरक्षण गुरु योजना,अतिक्रमण रोकथाम तथा वृक्षा रोपण, लगायतका कार्यक्रम रहेकोले वन अधिकृत कार्कीले बताए । कार्यक्रमलाई प्रवाहकारी रुपमा सम्पन्न गर्न समुदाय र संचारको अहम भुमिका रहकोले संचार संगै हातेमालो गरी कार्यक्रम कार्यान्वयन गर्ने उनले प्रतिवद्धता जनाए ।
कार्यक्रममा साझेदारी वन महासंघका जिल्ला अध्यक्ष तथा कपिलवस्तु साझेदारी वनका अध्यक्ष गंगेशनाथ तिवारीले यस बर्ष शितलहरमा प्रत्येक साझेदारीबाट ६ चट्टाका दरले दाउरा उपलब्ध गराउने कार्यक्रम रहेको बताए । साझेदारी अन्तर्गत पर्ने विभिन्न टोल र चोकहरुमा दाउरा खसालेर आगो तप्न सजिलो होस भनि दाउरा बाडिने तिवारीले बताए ।
जनचेतना वृद्धी र यस क्षेत्र सम्वन्धि आम नागरिक सम्म सुचना पुराई कार्यक्रमलाई प्रभावकारी वनाउन सामुदायिक रेडियोहरुको भूमिका रहने सामुदायिक रेडियो प्रसारक संघ प्रदेश ५ का उपाध्यक्ष राजु खरालले सुझाव दिए । संचार मैत्री कार्यालय संचालान गर्न अनुरोध गर्दै संचार माध्यम र संचार कर्मीले वन संरक्षण र व्यवस्थापनमा आफ्नो भूमिका निर्वाह गर्ने पत्रकार महासंघ कपिलवस्तुका कोषाध्यक्ष दिपक खड्काले प्रतिवद्धता व्यक्त गरे ।
डिभिजन वन र संचारकर्मी विच अन्तरक्रिया
डिभिजन वन र संचारकर्मी विच अन्तरक्रिया

Advertisement
तपाईको प्रतिक्रिया