• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज २२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ६. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

पार्टि बैठकमा ओलीको बोली:‘ गल्ती केही भएको छैन’किन आत्मआलोचना गर्ने ?’


  •   बिहिबार, पुष १२, २०७५ मा प्रकाशित
  • काठमाडौं–प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले पार्टिको स्थायी समिति बैठकमा सरकारको बचाउ गरेका छन्। बिहिबार बसेको नेकपा स्थायी समितिको बैठकमा २ घण्टा समय खर्चेका उनले सरकारले गरेका कामको व्याख्या गर्दै आफू नेतृत्वको सरकारले कुनै पनि गलत काम नगर्ने बताएका छन् ।
    बिहीवार साँझ बसेको स्थायी समितिको वैठकमा स्थायी समिति सदस्यले राखेका जिज्ञासाको जवाफ दिने क्रममा’नेतृत्वबाट र सरकारबाट गल्ती केही भएको छैन, किन आत्मआलोचना गर्ने ?’ ओलीले भने, ‘जनतामा वाहवाही नै छ, तर पार्टीमा मात्र आलोचना भएको हो ।’ ओलीले सरकार केही हदसम्म सफल भएको पनि दावी गरे ।
    उनले केही तत्वहरु पार्टी छिन्नभिन्न होस् भनेर लागिपरेको उल्लेख गर्दै त्यस्ता तत्वलाई परास्त गर्नुपर्ने धारणा राखे । वाइडबडी विमान खरीद प्रकरणदेखि निर्मला पन्तको हत्यासम्मका विषयमा सरकारको चर्को आलोचना भइरहेका बेला ‌ओलीले सरकारको बचाउ गरेका हुन्। अध्यक्ष ओलीले पार्टी र सरकारले सार्वभाैमिकता, राष्ट्रिय अखण्डता, राष्ट्रिय एकता र स्वाभिमानलाई कुनै पनि हालतमा नछाेड्ने र त्यसैलाई केन्द्रमा राखेर काम गर्ने बताएका थिए।
    ओलीको मन्तव्यपछि बिहीवारको स्थायी समिति वैठक सकिएको छ । बिहीवारको वैठकले अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन पारित गर्ने भनिएको भएपनि अध्यक्ष ओलीको मन्तव्यपछि स्थगित भएको हो ।
    अर्को वैठक शुक्रवार विहान ८ बजे पुनः बस्ने जनाइएको छ ।
    वरिष्ठ नेता वामदेव गौतम तथा प्रभावशाली नेताद्वय भीम रावाल र घनश्याम भुसालले बैठकमा अध्यक्षद्वयको राजनीतिक प्रतिवेदनको आलोचना गरेका थिए । गौतमले फरक मत प्रस्तुत गरेका थिए भने रावलले एसिया प्यासेफिक समिटप्रति आपत्ति जनाएका थिए ।
    मंसिर २९ गते शुरु भएको स्थायी समिति बैठकमा ४४ जना सदस्यहरुले धारणा राखेका थिए । अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने बुधवारको बैठकमा जवाफ दिएका थिए ।

    Advertisement

    पुस महिनाभित्र एकीकरण

    पार्टीको एकीकरणका विषयमा कुरा गर्दै ओलीले पुस महिनाभित्र एकीकरण सक्न कार्यदल बनाउने प्रस्ताव गरेका छन्। बिहीबारकाे बैठकमा अध्यक्ष ओलीले पार्टी एकीकरण ढिलो भएपनि पुसभित्र एकीकरण सक्न प्रस्ताव गरेका हुन्।
    यसका साथै सरकार र पार्टीका सम्बन्धमा आएका गुनासा सम्बोधन गर्ने बताइएको छ। माघमा तल्लाे कमिटीकाे भेला गर्ने र फागुन चैतमा राष्ट्रिय अभियान सञ्चालन गर्ने ओलीकाे प्रस्ताव छ। यद्यपि सांगठनिक एकतामा केही ढिला भएको ओलीले बैठकमा स्वीकारेका छन् । ओलीले भने, ‘स्थायी कमिटी बैठक बस्न ढिला भएकै हो । अबदेखि बैठक छिटो–छिटो नै बसौला । पार्टीका सांगठनिक कामहरु पुसमा सकौं ।’

    बैठकमा ओलीले पार्टीको अभियान फागुनमा लैजाने प्रस्ताव समेत अघि सारेका छन् ।

    बिहिबार, पुष १२, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध
    झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ६.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    भर्खरै

    • १.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • २.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ३.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ४.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ५.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ६.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ७.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ८.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation