• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, पुष ०३, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

काङ्ग्रेस प्यूठानको पार्टी कार्यालय भवनका लागि जग्गा खरिद

लोकप्रिय समाचार

  • १. एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

  • २. पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

  • ३. राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

  • ४. राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

  • ५. कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

कोहलपुरमा पनि पशुलाई सुत्केरी भत्ता


  •   शुक्रबार, मङि्सर २८, २०७५ मा प्रकाशित
  • बाँके । बाँकेको कोहलपुर नगरपालिकाले सुत्केरी पशुलाई भत्ता दिन सुरु गर्ने भएको छ । यस आवको सातौँ कार्यपालिका बैठकको निर्णय अनुसार सुत्केरी पशु गाई र भैँसीलाई सुत्केरी भत्ता दिने निर्णय गरेको हो ।

    Advertisement

    कोहलपुर नगरपालिकाका प्रवक्ता माधव रिजालले पत्रकार सम्मेलन गरी सातौँ बैठकले गरेका विभिन्न निर्णयहरू सार्वजनिक गरेका छन् । पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता रिजालले कोहलपुर नगर कार्यपालिकाले गरेका २२ वटा निर्णय गरिएको बताए । साथै उनले नगरपालिका भित्रका किसानहरूले पालन गरेका गाई र भैँसीलाई सुत्केरी भत्ता दिने निर्यण गरेको बताए ।

    नगरपालिकाले सुत्केरी पशुलाई सुत्केरी भत्ता अनुदान सञ्चालन कार्यविधि २०७५ पारित गरेको छ । अब किसानले प्रत्येक गाई र भैँसी सुत्केरी भएबापत दुई हजार प्राप्त गर्नेछन् । तर, सो रकम पाउन किसानले कार्यविधीमा उल्लेख गरिएको पशु बिमा लगायतका सर्तहरू भने पूरा गर्नुपर्ने हुन्छ ।

    सो बैठकले प्रदेश–५ सरकार, संघीय सरकार तथा विशेष अनुदान कोषका लागि कोहलपुर नगरपालिका–२ स्थित त्रिपुराणदेखि गोखा स्कुलहुँदै रत्नराजमार्गको इन्द्रेणी चौक जोड्ने बाटो कालोपत्रे गर्ने, वडा नं. ११ पुरानो पीपलचौतारा हुँदै शिवमन्दिरसम्म जोड्ने बाटो कालोपत्रे गर्ने, वडा नं. १५ चन्हवा पेडारी नालामा पक्की पुल निर्माण गर्ने निर्णय गरिएको छ ।

    त्यस्तै वडा नं. ११ की दृष्टिविहीन हरिकला विकको लागि शौचालय र धारा कार्यक्रम खर्च शीर्षकबाट निर्माण गरिने, वडा नं. १२ को महेन्द्र राजमार्गको डुडुवा खोलाको पुलदेखि पश्चिम वडा नं. ११ को चौराहासम्म सौर्य बत्ती जडान गर्ने निर्णय गरिएको प्रवक्ता रिजालले बताएका छन् ।

    आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई सम्पन्न गर्नका लागि एक लाख आर्थिक सहयोग, बसोवास सहकारी संस्था लि. कोहलपुर–१० को भवन निर्माण गर्दा हुने माटो परीक्षणबापत लाग्ने खर्चमा विविध खर्च शीर्षकबाट दुई लाख दिने निर्णय गरेको छ । कोहलपुर नगरपालिले अपांगता भएका व्यक्तिहरूको परिचय पत्र वितरण कार्य विधि २०७५ र विपद् व्यवस्थापन कोष कार्यविधि २०७५ लाई पारित गर्ने निर्णय गरिएको प्रवक्ता रिजालले बताए ।

    बैठकले छलफल गर्दा कोहलपुर नगरपालिकाका विभिन्न वडाहरूमा एकीकृत सम्पत्ति कर, व्यवसाय कर तथा बहाल विटौरी शुल्कको तथ्यांक संकलन गर्नका लागि राखिएका कर संकलन गर्नका लागि राखिएका कर संकलनहरूलाई ०७५ साउनदेखि असोजसम्मको ज्याला भुत्तानी गर्ने निर्णय गरिएको उनले जानकारी दिएका छन् ।

    10.1k
    SHARES
    Share

    शुक्रबार, मङि्सर २८, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राप्ती प्रतिष्ठानले ५ हजार जनामा सिकलसेल एनिमिया परीक्षण गर्ने
    गुल्मीमा पशु बाँझोपन निवारण शिविरबाट ५५ वटा गाईभैंसीमा उपचार
    गुल्मीमा स्वास्थ्य संस्थाहरूको वार्षिक समिक्षा कार्यक्रम सुरु
    राप्ती प्रतिष्ठान र किर्तिपुर जलन अस्पतालबीच सहकार्य, आगामी वर्षदेखि सेवा सुरु हुने
    राप्ती प्रतिष्ठानमा प्रयोगशाला विस्तार, टिकट काउन्टर थपिँदै
    राप्ती निःशुल्क आँखा शिविरमा सयभन्दा बढी मोतिबिन्दु शल्यक्रिया

    लोकप्रिय

    • १.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते

    • २.
      पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

    • ३.
      राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

    • ४.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच

    • ५.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद

    भर्खरै

    • १.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

    • २.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

    • ३.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

    • ४.
      पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

    • ५.
      राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

    • ६.
      ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

    • ७.
      देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

    • ८.
      स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation