माधव खनाल ,अर्घाखाँची – नेपाल विद्यार्थी संघ अर्घाखाँचीको जिल्ला अधिवेशन पुस ९ गते सन्धिखर्क विपी स्मृती भवनमा हुने भएको छ । विपी स्मृति भवन सन्धिखर्कमा बसेको बैठकले अधिवेशन सम्पन्न गर्नका लागी मिती तय गरेको हो । पुस ६ गते भित्र जिल्लामा रहेका सवै माध्यमिक विद्यालय तथा क्याम्पसको अधिवेशन सम्पन्न गर्ने, पुस ७ गते जिल्लाका ६ वटै स्थानिय तहको अधिवेशन सम्पन्न गर्ने गरी मिति तय गरिएको हो । अधिवेशन सम्पन्न गर्नका लागी ६ वटै स्थानिय तहमा प्रतिनिधी समेत तय गरीएको छ । जसअन्र्तगत सन्धिखर्क नगरपालिकामा भरतमणि भट्टराई सुरज रायमाझी, नेत्र मरासिनी, सितगंगा नगरपालिकामा कृष्ण पौडेल, सर्मिला आचार्य, डिआर वेल्वासे र कुसुम थापा, भुमिकास्थानमा लक्ष्मण घिमिरे, शुसिल वेल्वासे, सावित्रा दर्लामी, पाणिनी गाउँपालिकामा हिरामणि घिमिरे, घनश्याम पौडेल, सिता घिमिरे, कमला घिमिरे, छत्रदेवमा कृष्ण भुसाल, गोविन्द भट्टराई, नविन पौडेल, जर्नादन भट्टराई, मालारानीमा लक्ष्मण घिमिरे, सुरज रायमाझी, कृष्ण भुसाल, वासुदेव विकलाई जिम्मेवारी दिएको छ ।
अधिवेशन सम्पन्न गर्नका लागी नेपाली काँग्रेस जिल्ला कार्य समिती अर्घाखाँचीले पुर्ण रुपमा सहयोग गर्ने काँग्रेसका जिल्ला सभापति विष्णु मुस्कानले बताए । उनले काम गर्न सक्ने, संगठनलाई समय दिन सक्ने व्यक्तीलाई नेतृत्वमा ल्याउँने बताए । नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्यद्धय शुसिल तिम्ल्सिना, एलिजा ढकालले नेविसंघको विदानको बारेमा जिल्ला कार्य समिती अर्घाखाँचीलाई जानकारी गराए । अर्घाखाँची जिल्लाको अधिवेशन सम्पन्न गराउँनका लागी प्रतिनिधी भएर आएका तिम्ल्सनाले काम गर्न सक्ने, सक्षम नेतृत्व चयन गर्नुपर्नेमा जोड दिदैँ नेविसंघ बलियो भए मात्र पार्टी बलीयो हुन सक्ने बताए ।महासमिती सदस्य केशव श्रेष्ठ, युवा तथा विद्यार्थी विभाग प्रमुख पिताम्बर खनाल, जिल्ला सदस्य मणिराम परियार लगाएतले नेविसंघलाई मजवुत बनाउँनुपर्नेमा जोड दिए । बैठक नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष युवराज पाण्डेको अध्यक्षता, उपाध्यक्ष सुरज रायमाझीको स्वागत र सचिव कृष्ण भुसालको सञ्चालनमा सम्पन्न भएको पत्रकार घनश्याम पौडेलले जानकारी दिनुभयो ।