• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, भदौ ०८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

बडीमालिकामा पुग्यो फोर–जी सेवा

चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

लोकप्रिय समाचार

  • १. सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

  • २. जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

  • ३. पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

  • ४. तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

  • ५. रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

  • ६. ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

  • ७. १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

  • ८. शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

  • ९. सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

  • १०. चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

सभामुख महरा देउखुरीमा: दिनभर उनले के के गरे?


  •   बिहिबार, मङि्सर २०, २०७५ मा प्रकाशित
  • देउखुरी राम्रो सम्भावना भएको क्षेत्र हो ः महरा

    Advertisement

    दिवाकर पोख्रेल
    देउखुरी । संघीय संसदका सभामुख कृष्णवहादुर महराले सहकारी मार्फत आर्थिक समृद्धि हासिल गर्न सकिने बताउनु भएको छ । दाङको लमहीमा रहेको निलकमल सामुदायिक उद्यमी महिला सहकारीको बार्षिक साधरणसभाको उदघाटन गर्दै सभामुख महराले सरकारले अंघि सारेको समृद्ध नेपाल शुखी नेपालीको नारालाई सार्थकता दिन सहकारी महत्वपुर्ण माध्यम बन्ने बताउनु भएको हो ।
    स्थानीय उत्पादनलाई प्राथमिकता दिएर बजारीकरण गर्न सके सहकारीमा आवद्ध महिलाहरुको जिवीका उकास्न धेरै समय नलाग्ने भन्दै सभामुख महराले सरकारले पनि सहकारीलाई सहयोग गर्न आवश्यक रहेको बताउनुभयो । स्थानीय श्रोत साधनलाई प्रयोग गर्नुस,बजारीकरणको लागि पहल गर्नुस सहकारी बाटै आर्थिक समृृद्धि सम्भव छ, महराले भन्नुभयो । पछिल्लो समय नेपालमा आयातको तुलनामा निर्यात दर बढ्दै गइरहेको भन्दै निर्यात घटाउनको लागि सहकारीले महत्वपुर्ण सहयोग गर्ने बताउनुभयो ।

    पूर्व अर्थमन्त्री समेत रहनुभएका सभामुख महराले आफु अर्थमन्त्री रहँदा सहकारी मार्फत आर्थिक शसत्तीकरणको योजना वनाएको भन्दै बर्तमान सरकारले पनि तीनखम्बे अर्थ नीतिमा सहकारीलाई प्राथमिकतामा राखेको बताउनुभयो ।
    महिलाको क्षमता विकास गरि आर्थिक रुपमा शशत्त बनाउने योजनाका साथ स्थापना भएको निलकमल महिला सहकारीमा एक हजार ८६ जना महिलाहरु संलग्न रहेका छन् । आय आर्जनको लागि समुहका महिला सदस्यहरुमा लगानी गर्र्दै आइरहेको सहकारीले अहिले बाख्रापलन,तरकारी खेति,कुखुरा पालन लगायतको क्षेत्रमा लगानी गरेको संस्थाकी उपाध्यक्ष सिता पोख्रेलले जानकारी दिनुभयो ।
    क्रिक्रेट मैदानको अवलोकन
    सभामुख महराले लमहीमा निर्माणधिन अन्तराष्ट्रिय क्रिक्रेट मैदानको स्थलगत अवलोकन गर्नुभएको छ । देउखुरी क्रिक्रेट क्लवका अध्यक्ष शोभाराम पौडेललले निर्माणाधिन क्रिक्रेट मैदानको लागि थप बजेटको व्यवस्था गर्न माग गर्नुभएको छ । सभामुख महरालाई क्रिक्रेट खेल्न योग्य बनाउनको लागि न्युनतम ३ करोडको बजेटको आवश्यक पर्ने भन्दै बजेट विनीयोजनको लागि पहल गर्न आग्रह गर्नुभएको हो । ज्ञापनपत्र वुझ्दै सभामुख महराले दाङको सानको रुपमा रहेको क्रिक्रेट मैदान निर्माणको लागि पहल थाल्ने बताउनुभयो । देउखुरी पाँच नम्बर प्रदेशको केन्द्रविन्दु भएकोले पनि यस क्षेत्रको विकासको लागि पहल गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।
    देउखुरी बहुमुखी क्याम्पसमा भेटघाट
    देउखुरीको पुरनो क्याम्पस देउखुरी बहुमुखी क्याम्पसले सभामुख महरा संग परिचायात्मक तथा भेटघाट कार्यक्रमको आयोजना गरेको छ । क्याम्स पुर्वक शेरवहादुर गिरीको अध्यक्षता तथा सभामुख कृष्णवहादुर महराको प्रमुख आथित्यतामा भएको कार्यक्रममा क्याम्पसलाई मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस बनाउन पहल गरिदिन आग्रह गरिएको थियो । पछिल्लो समय क्याम्पसको आर्थिक अवस्था कमजोर भएकोले केन्द्रिय सरकारवाट सहयोग गर्न र आग्रह गरिएको थियो । क्याम्पस ल्हाकार लेखराज रेग्मीले विश्वविद्यालय अनुदान आयोगमा बृद्धिको लागि पहल पहल गरिदिन र आंगिक क्याम्पसमा लग्न सहयोग गरीदिन आग्रह गर्नुभएको थियो । सभामुख महराले देउखुरीमा धेरैको सम्भावना रहेकोले देउखुरी क्याम्पसको भौतिक संरचना राम्रो रहेको भन्दै खुसी व्यत्त गर्नुभयो । केही कानुन वनीनसकेको अवस्थामा काम गर्न समस्या भएपनि क्याम्पसको स्तर वृद्धिमा आफू सकरात्मक रहेको बताउनुभयो ।

    नाका बासीको गुनाशो
    दाङका नाका बासीले सभामुख कृष्णवहादुर महरालाई भेटि साविकको राजपुर गाविसमा केन्द्रिय बजेट नपरेको भन्दै गुनाशो गरेका छन् । राजपुर गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष श्यामवहादुर रोकाले राजपुर गाउँपालिका दाङकै विकट क्षेत्र भएपनि केन्द्र सरकारले बजेट विनीयोजन नगरेको जानकारी सभामुखलाई गराउनुभयो ।
    नाका क्षेत्रमा मुख्य गरी सडक र सन्चारको समस्या रहेको भन्दै रोकाले स्थानीइ स्तरको बजेटवाट मात्रै काम गर्न नसकिएको बताउनुभयो । नाका क्षेत्रलाई विकास गर्नको लागि बृहत योजनाका साथ सडक र संन्चार क्षेत्रमा बजेट विनीयोजन गर्न पहल थाल्न राजपुर वासीहरुले अनुरोध गरेका छन् । राजपुर वासीको गुनाशा सुनेपछी सभामुख महराले दाङकै विकट क्षेत्रको रुपमा रहेको राजपुर गाउँपालिकाको विकास आवश्यक रहेको भन्दै स्थानीइ सरकारले पहलमा केन्द्रीय सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो ।

    बिहिबार, मङि्सर २०, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत
    शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने
    पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार
    प्युठानमा एमालेको ‘मिसन पार्टी जागरण’ अभियान, चार दिनमा ४ सय कार्यकर्तासँग प्रत्यक्ष भेट
    आचार्य नै रहने भए लुम्बिनीका मुख्यमन्त्री

    लोकप्रिय

    • १.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक

    • २.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री

    • ३.
      पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न

    • ४.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’

    • ५.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी

    • ६.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    भर्खरै

    • १.
      नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

    • २.
      बडीमालिकामा पुग्यो फोर–जी सेवा

    • ३.
      चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

    • ४.
      हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

    • ५.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

    • ६.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    • ७.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

    • ८.
      सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...