• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असार २२, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

झिमरुकमा किसान पेन्सन कार्यक्रम सुरु

कञ्चनमा ४५१ सुकुम्बासी बने जग्गाधनी, अर्थमन्त्री पौडेल भन्छन : “अब कोही भूमिहीन रहँदैन”

दाङमा बाघको छालासहित तीन जना पक्राउ

सडकको बीचमै बिजुलीको पोल

बर्दियामा डेङ्गु, कालाजार र स्क्रबटाइफसका बिरामी बढ्दै

नवलपरासीमा बसको ठक्करबाट दुई जनाको मृत्यु

पहिरोको जोखिम बढेसँगै पाल्पामा रातिको यात्रामा रोक

रुखबाट खसेर घाइते भएकी तुलसालाई दुई लाख ४४ हजार सहयोग

गुल्मीदरबारमा १५ शैयाको अस्पताल सञ्चालन, गाउँमै उपचार सेवा सुरु

लोकप्रिय समाचार

  • १. क्वाडी–बाग्दुला सडक विस्तार हुँदै, संरचना हट्नेमा स्थानीय चिन्तित

  • २. मदवाका बासिन्दालाई सडकको राहत, मन्त्री रोज राणाप्रति धन्यवाद

  • ३. शंकर बिसिको शब्दमा तीज गीत ‘साइली छोरी’ सार्वजनिक

  • ४. रेसुङ्गा–३ गुठको बाँझो जमिनमा भविन्द्र घर्तिमगरको सफलता

  • ५. प्युठानमा सर्वोदय माविको एसईई नतिजा उत्कृष्ट

  • ६. पहिरोले शान्तिपुर–चोरकाटे पक्की सडक अबरुद्ध 

  • ७. लुम्बिनी सरकारलाई लोसपाको समर्थन फिर्ता

  • ८. बेलुवा–बाग्दुला सडक बिस्तारसँगै उठ्यो जग्गा र घरको सरोकार

  • ९. गाउँपालिकाको छात्रवृत्तिमा अजय जिसीको एमबिबिएस यात्रा

  • १०. रुपन्देही–३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने

सभामुख महरा देउखुरीमा: दिनभर उनले के के गरे?


  •   बिहिबार, मङि्सर २०, २०७५ मा प्रकाशित
  • देउखुरी राम्रो सम्भावना भएको क्षेत्र हो ः महरा

    Advertisement

    दिवाकर पोख्रेल
    देउखुरी । संघीय संसदका सभामुख कृष्णवहादुर महराले सहकारी मार्फत आर्थिक समृद्धि हासिल गर्न सकिने बताउनु भएको छ । दाङको लमहीमा रहेको निलकमल सामुदायिक उद्यमी महिला सहकारीको बार्षिक साधरणसभाको उदघाटन गर्दै सभामुख महराले सरकारले अंघि सारेको समृद्ध नेपाल शुखी नेपालीको नारालाई सार्थकता दिन सहकारी महत्वपुर्ण माध्यम बन्ने बताउनु भएको हो ।
    स्थानीय उत्पादनलाई प्राथमिकता दिएर बजारीकरण गर्न सके सहकारीमा आवद्ध महिलाहरुको जिवीका उकास्न धेरै समय नलाग्ने भन्दै सभामुख महराले सरकारले पनि सहकारीलाई सहयोग गर्न आवश्यक रहेको बताउनुभयो । स्थानीय श्रोत साधनलाई प्रयोग गर्नुस,बजारीकरणको लागि पहल गर्नुस सहकारी बाटै आर्थिक समृृद्धि सम्भव छ, महराले भन्नुभयो । पछिल्लो समय नेपालमा आयातको तुलनामा निर्यात दर बढ्दै गइरहेको भन्दै निर्यात घटाउनको लागि सहकारीले महत्वपुर्ण सहयोग गर्ने बताउनुभयो ।

    पूर्व अर्थमन्त्री समेत रहनुभएका सभामुख महराले आफु अर्थमन्त्री रहँदा सहकारी मार्फत आर्थिक शसत्तीकरणको योजना वनाएको भन्दै बर्तमान सरकारले पनि तीनखम्बे अर्थ नीतिमा सहकारीलाई प्राथमिकतामा राखेको बताउनुभयो ।
    महिलाको क्षमता विकास गरि आर्थिक रुपमा शशत्त बनाउने योजनाका साथ स्थापना भएको निलकमल महिला सहकारीमा एक हजार ८६ जना महिलाहरु संलग्न रहेका छन् । आय आर्जनको लागि समुहका महिला सदस्यहरुमा लगानी गर्र्दै आइरहेको सहकारीले अहिले बाख्रापलन,तरकारी खेति,कुखुरा पालन लगायतको क्षेत्रमा लगानी गरेको संस्थाकी उपाध्यक्ष सिता पोख्रेलले जानकारी दिनुभयो ।
    क्रिक्रेट मैदानको अवलोकन
    सभामुख महराले लमहीमा निर्माणधिन अन्तराष्ट्रिय क्रिक्रेट मैदानको स्थलगत अवलोकन गर्नुभएको छ । देउखुरी क्रिक्रेट क्लवका अध्यक्ष शोभाराम पौडेललले निर्माणाधिन क्रिक्रेट मैदानको लागि थप बजेटको व्यवस्था गर्न माग गर्नुभएको छ । सभामुख महरालाई क्रिक्रेट खेल्न योग्य बनाउनको लागि न्युनतम ३ करोडको बजेटको आवश्यक पर्ने भन्दै बजेट विनीयोजनको लागि पहल गर्न आग्रह गर्नुभएको हो । ज्ञापनपत्र वुझ्दै सभामुख महराले दाङको सानको रुपमा रहेको क्रिक्रेट मैदान निर्माणको लागि पहल थाल्ने बताउनुभयो । देउखुरी पाँच नम्बर प्रदेशको केन्द्रविन्दु भएकोले पनि यस क्षेत्रको विकासको लागि पहल गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।
    देउखुरी बहुमुखी क्याम्पसमा भेटघाट
    देउखुरीको पुरनो क्याम्पस देउखुरी बहुमुखी क्याम्पसले सभामुख महरा संग परिचायात्मक तथा भेटघाट कार्यक्रमको आयोजना गरेको छ । क्याम्स पुर्वक शेरवहादुर गिरीको अध्यक्षता तथा सभामुख कृष्णवहादुर महराको प्रमुख आथित्यतामा भएको कार्यक्रममा क्याम्पसलाई मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस बनाउन पहल गरिदिन आग्रह गरिएको थियो । पछिल्लो समय क्याम्पसको आर्थिक अवस्था कमजोर भएकोले केन्द्रिय सरकारवाट सहयोग गर्न र आग्रह गरिएको थियो । क्याम्पस ल्हाकार लेखराज रेग्मीले विश्वविद्यालय अनुदान आयोगमा बृद्धिको लागि पहल पहल गरिदिन र आंगिक क्याम्पसमा लग्न सहयोग गरीदिन आग्रह गर्नुभएको थियो । सभामुख महराले देउखुरीमा धेरैको सम्भावना रहेकोले देउखुरी क्याम्पसको भौतिक संरचना राम्रो रहेको भन्दै खुसी व्यत्त गर्नुभयो । केही कानुन वनीनसकेको अवस्थामा काम गर्न समस्या भएपनि क्याम्पसको स्तर वृद्धिमा आफू सकरात्मक रहेको बताउनुभयो ।

    नाका बासीको गुनाशो
    दाङका नाका बासीले सभामुख कृष्णवहादुर महरालाई भेटि साविकको राजपुर गाविसमा केन्द्रिय बजेट नपरेको भन्दै गुनाशो गरेका छन् । राजपुर गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष श्यामवहादुर रोकाले राजपुर गाउँपालिका दाङकै विकट क्षेत्र भएपनि केन्द्र सरकारले बजेट विनीयोजन नगरेको जानकारी सभामुखलाई गराउनुभयो ।
    नाका क्षेत्रमा मुख्य गरी सडक र सन्चारको समस्या रहेको भन्दै रोकाले स्थानीइ स्तरको बजेटवाट मात्रै काम गर्न नसकिएको बताउनुभयो । नाका क्षेत्रलाई विकास गर्नको लागि बृहत योजनाका साथ सडक र संन्चार क्षेत्रमा बजेट विनीयोजन गर्न पहल थाल्न राजपुर वासीहरुले अनुरोध गरेका छन् । राजपुर वासीको गुनाशा सुनेपछी सभामुख महराले दाङकै विकट क्षेत्रको रुपमा रहेको राजपुर गाउँपालिकाको विकास आवश्यक रहेको भन्दै स्थानीइ सरकारले पहलमा केन्द्रीय सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो ।

    बिहिबार, मङि्सर २०, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘बाचा पुरा गरेरै छाड्छु’ : मन्त्री थापा
    लुम्बिनी सरकारलाई लोसपाको समर्थन फिर्ता
    रुपन्देही–३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने
    ब्याट नपाएका केशव, बलिङ चम्काएको शुभम
    माण्डवी गाउँपालिकाको बजेट अधिवेशनमा १० सदस्यको बहिष्कार
    कांग्रेस कपिलवस्तुद्वारा लुम्बिनीका आफ्नै मन्त्रीहरू बहिष्कार

    लोकप्रिय

    • १.
      क्वाडी–बाग्दुला सडक विस्तार हुँदै, संरचना हट्नेमा स्थानीय

    • २.
      मदवाका बासिन्दालाई सडकको राहत, मन्त्री रोज राणाप्रति

    • ३.
      शंकर बिसिको शब्दमा तीज गीत ‘साइली छोरी’

    • ४.
      रेसुङ्गा–३ गुठको बाँझो जमिनमा भविन्द्र घर्तिमगरको सफलता

    • ५.
      प्युठानमा सर्वोदय माविको एसईई नतिजा उत्कृष्ट

    • ६.
      पहिरोले शान्तिपुर–चोरकाटे पक्की सडक अबरुद्ध 

    भर्खरै

    • १.
      झिमरुकमा किसान पेन्सन कार्यक्रम सुरु

    • २.
      कञ्चनमा ४५१ सुकुम्बासी बने जग्गाधनी, अर्थमन्त्री पौडेल भन्छन : “अब कोही भूमिहीन रहँदैन”

    • ३.
      दाङमा बाघको छालासहित तीन जना पक्राउ

    • ४.
      सडकको बीचमै बिजुलीको पोल

    • ५.
      बर्दियामा डेङ्गु, कालाजार र स्क्रबटाइफसका बिरामी बढ्दै

    • ६.
      नवलपरासीमा बसको ठक्करबाट दुई जनाको मृत्यु

    • ७.
      पहिरोको जोखिम बढेसँगै पाल्पामा रातिको यात्रामा रोक

    • ८.
      रुखबाट खसेर घाइते भएकी तुलसालाई दुई लाख ४४ हजार सहयोग

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation
     

    Loading Comments...