सलिम अन्सारी,प्युठान
जिल्लाको सरुमारानी गाउपालिका वडा नम्बर २ गहनामा निशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ।
सरुमारानी वडा नम्वर २ का नागरिकलाई लक्षित गरि आयोजना गरिएको शिबिरमा १ सय १८ जनाले निशुल्क आखाँ जाच गराएका थिए । जस मध्ये ५ जनाको मोतिया बिन्दुको समस्या,र अन्य दुईमा पनि समस्या भएकाले लमही आँखा अस्पतालमा रिफर गरिएको छ।
आंखाको समस्या देखिएका ७ जनालाई एक हप्ताभित्र अस्पताल आउन सुझाईएको र उनिहरुको निशुल्क अप्रेसन गरिने उपचारमा संलग्न आँखा रोग बिशेषज्ञ अमृत नेपालले जानकारी दिए।
बुधवार नेपाल नेत्रज्योती संघ लमही आँखा अस्पतालको प्राबिधिक सहयोगमा सञ्चालन गरिएको निशुल्क आँखा जाँच शिबिरमा डाक्टर अमृत नेपालको नेतृत्वमा ५ सदस्यीय चिकित्सक टोली सहभागि भएको सरुमारानि गाउपालिकाका स्वास्थ्य संयोजक हिरन्यराज शर्माले जानकारी दिए ।शिविर सरुमारानि गाउपालिकाको आयोजनामा सम्पन्न भएको हो।
स्वंय सेविकाहरुलाई सम्मान
सरुमारानी गाउंपालिकाले उत्कृष्ट महिला स्वयंसेविकालाई सम्मान गरेको छ ।
बुधबार महिला स्वयंसेविका दिवसको अवसर पारेर गाउपालिकाले सम्मान कार्यक्रमको आयोजना गरेको हो ।गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा रचनात्मक र लगानशील भएर काम गर्ने स्वयंसेविकाहरुलाई सम्मान गरेको हो । ‘स्थानीय तहको स्वास्थ्य सेवालाई मर्यादित बनाउन सम्मानको कार्यक्रम आयोजना गरेको गाउपालिकाले जनाएको हो। यसले रचनात्मक सेवा गर्ने स्वयंसेविकाहरुलाई उर्जा थपीने गाउपालिकाको बिश्वास छ ।सरुमारानीका ६ वटा वडामा रहेका ३४ जना स्वयंसेविका मध्ये उत्कृष्ट १२ जनालाई गाउपालिकाले सम्मान गरेको हो।