२७ कार्तिक २०७५
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल म्याग्दीको तातोपानीमा नुहाउँन पुगेका छन् । जीवन संगिनी सीता दाहालको उपचारका लागि चिकित्सकको सल्लाहमा अध्यक्ष दाहाल परिवारसहित तातोपानी नुहाउन म्याग्दी पुगेका हुन् ।
अध्यक्ष दाहालसँग जीवन संगिनी सीता दाहाल, छोरी गंगा दाहाल, स्वकीय सचिव जोखबहादुर महरा तातोपानी नुहाउँन पुगेका थिए । अध्यक्ष दाहालसँगै गृहमन्त्री रामबहादुर थापा र उनकी श्रीमती नैनकला थापा पनि तातोपानी पुगेका छन् ।
बेनीनगरपालिका ४ मा रहेको प्राकृतिक चिकित्सालयको रुपमा प्रसिद्ध तातोपानी कुण्डमा स्नान गर्दा छाला, नशा, ग्याष्ट्रिक, वाथलगायत रोगका विरामीलाई फाइदा पुग्ने भएकाले मानिसहरु तातोपानीमा नुहाउन आउने गरेको कुण्ड व्यवस्थापन समितिले जनाएको छ ।
Advertisement