• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, भदौ २९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

सल्यानमा बोलेरो दुर्घटना, तीन जनाको मृत्यु

धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

लोकप्रिय समाचार

  • १. ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

  • २. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • ३. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ४. भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

  • ५. भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख सहयोग

  • ६. एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

  • ७. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ८. जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

  • ९. भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

  • १०. बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

सडक छ यातायात छैन,अझै पनि डोको मै बोकेर अस्पताल पुर्याउने ?


  •   मङ्गलबार, असोज ०७, २०७६ मा प्रकाशित
  • प्युठान। प्यूठानको झिमरुक गाउँपालिका तोरबाङकी २८ वर्षीया लक्ष्मी कुँवर जिल्ला अस्पताल, बिजुवारमा अप्रेसनबाट सुत्केरी भइन्। घर फर्कँदा अस्पतालदेखि दह खोलासम्म गाडीमा गएकी उनी त्यहाँबाट भने स्ट्रेचरमा बोकिनु पर्‍यो। एक घण्टा स्ट्रेचरमा बोकिएर घर पुग्नुको कारण थियो बर्षाले गाउँको सडक बिग्रनु।गाउँमा सामान ल्याउन, लैजानमात्र होइन सुत्केरी महिला, बुढापाका, बच्चा र दुर्घटनामा परेकाहरू बर्षामा बोकिनुपर्ने बाध्यता छ। सडककै कारण बिरामीको स्वास्थ्य जोखिममा पर्ने गरेको छ।झिमरुक गाउँपालिका ६ दह खोलाका बासुदेव गिरी भन्छन्, ‘गाउँ–गाउँमा मोटरबाटो त जेनतेन पुग्यो तर जनताको समस्या हटेको छैन।’ वर्षामा गाउँका सडक बिग्रिएका छन्। पहिरो गएर सडक अवरुद्द हुँदा दुर्गमका गाउँ–बस्तीमा बिरामीलाई अस्पतालसम्म पुर्‍याउन बोक्नुपर्ने बाध्यता उस्तै छ। सडकमा पहिरो जान्छ, अप्ठ्यारा घुम्ती छन्, हाइ ग्रेडका सडक छन्, रातो माटो बढी चिप्लो हुने हुँदा धेरैजसो सडकमा वर्षामा गाडी चल्दैनन्।मुख्यगरी पहाडी जिल्लाका गाउँ बस्तीमा यस्तो समस्या देखिने गरेको छ। हिउँदभरि गाउँ–गाउँमा पुग्ने गाडी बर्षायामसँगै पक्की सडक र ग्राभेल सडकमा मात्र सीमित हुने गरेका छन्। बर्षाको भेलले गाउँका सडक खोलिदिने, बगाउँने र पहिरो जाने गर्दा सडक अवरुद्द हुने गरेका छन्।स्वास्थ्य कार्यालय प्युठानका प्रमुख विशाल सुवेदीले वर्षाको समयमा सडक बिग्रने कारण बिरामीका लागि समस्या हुने गरेको बताउँछन्। उनले त्यस्ता गाउँबाट स्टेचर, डोकोमा बोकेर उपचारका ल्याउने गरेको सुनाए। सुवेदीका अनुसार जिल्लामा अझै पनि गोरेटो बाटो समेत नभएका केही गाउँ छन्। त्यस्ता गाउँमा स्टेचरमा बिरामी बोक्नसमेत मिल्दैन। यो अवस्थामा बिरामी डोकोमै बोकिएर आउनुपर्छ। जिल्लाका स्याउलीबाङ, अर्खा, रजबारा, कोचिबाङका केही गाउँमा यस्तो समस्या छ।प्युठानमा जिल्ला अस्पताल १, स्वास्थ्य चौकी ४६, प्राथमिक स्वास्थ्य केन्द्र २, सहरी स्वास्थ्य केन्द्र ३, सामुदायिक स्वास्थ्य इकाइ ५, र आधारभूत स्वास्थ्य केन्द्र ५ गरी ६२ वटा सरकारी स्वास्थ्य संस्था छन्।गुल्मीको सत्यवती गाउँपालिकाका स्वास्थ्य संयोजक सूर्य रानाले गाउँपालिकाका धेरैजसो सडक बर्षाले क्षतविक्षत भएको बताए। ‘बर्षामा त सडक बिग्रिन्थे नै,’ उनले भने, ‘यसपटक भने हाम्रो गाउँपालिका पहिरोले घेरियो।’ उनका अनुसार गाउँपालिकामा रहेका १३ वटा स्वास्थ्य संस्थामध्ये ५ वटा सामुदायिक स्वास्थ्य इकाइ र चार वटा स्वास्थ्य चौकीमा सडक बिग्रिएकाले गाडीबाट पुग्न सकिदैन। ‘हिउँदमा गाडी चढेर उपचार गर्न आए पनि वर्षामा स्टे«चरकै भर हो,’ रानाले भने।पाल्पाको तिनाउ गाउँपालिकाका स्वास्थ्य संयोजक सुन्दर तरामु मगर पालिकाभित्रका १० स्वास्थ्य संस्थाका केन्द्रमध्ये अधिकांशमा बर्षाको समयमा गाडी तथा घोडा नचल्ने बताउँछन्। उनले सडक बिग्रिएर गाडी नचल्ने ठाउँबाट स्वास्थ्य चौकीसम्म हिड्न नसक्ने बिरामी र बुढापाका स्टेचरमा बोकिनुपर्ने बाध्यता रहेको बताए। गाउँ गाउँसम्म सडक पुगे पनि वर्षाको समयमा खोला नाला, पहिरो र भत्किने–बिग्रने समस्याले गाडी नचल्ने स्वास्थ्य संयोजक तरामुको भनाइ छ। उनका अनुसार दुई स्वास्थ्य चौकी र चार सामुदायिक स्वास्थ्य इकाइसम्म पुग्ने सडकमा वर्षायाममा गाडी चल्दैनन्।गाउँपालिकाको गाडीबाट पुगिने स्वास्थ्य संस्थामा पनि गाउँबाट आउने सडक बिग्रिएका कारण बिरामी सेवा लिन पैदल हिँडेर वा बोकिएर आउने गरेका छन्। बुढापाका र हिँड्न नसक्ने बिरामीका लागि गाडी नचल्दा अप्ठ्यारो पर्ने गरेको उनले बताए। उनले दसैंसम्म पहाडी क्षेत्रका गाउँका सडकको अवस्था उस्तै रहेको बताए। तिनाउ गाउँपालिकामा ४ वटा स्वास्थ्य चौकी र ६ वटा सामुदायिक स्वास्थ्य इकाइ छन्।पाल्पाको निस्दी गाउँपालिकाका स्वास्थ्य संयोजक मीनबहादुर रानाको भनाइ पनि फरक छैन। उनले गाउँपालिकामा ९ वटा स्वास्थ्य संस्था रहेकामा चारवटामा वर्षाको समय गाडीबाट पुग्न समस्या हुने गरेको बताए। अन्य स्वास्थ्य संस्थामा गाडी पुग्न सके पनि गाउँदेखि स्वास्थ्य संस्थासम्म आउनका लागि सेवाग्राहीलाई अप्ठ्यारो पर्ने उनको भनाइ छ। ‘गाडी नचल्ने गाउँका सेवाग्राही हिडेरै वा बोकिएर आउने हो,’ उनले भने, ‘गाउँदेखि स्वास्थ्य संस्थासम्म चल्ने धेरैजसो सडक सुधार गर्नुपर्ने अवस्थाका छन्।’ उनले गर्भवती तथा सुत्केरीका लागि बर्थिङ सेन्टरसम्म आउन, सुत्केरी भएपछि घरसम्म पुग्न र वृद्ध र हिड्न नसक्ने बिरामीलाई कठिन हुने गरेको बताए।स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी माधव ज्ञवालीले वर्षामा सडक भत्कने–बिग्रने हुँदा धेरैजसो स्वास्थ्य संस्थासम्म जनताको सम्पर्क पैदलबाटै हुने गरेको बताए। पाल्पामा अस्पताल २, प्राथमिक स्वास्थ्य केन्द्र २, स्वास्थ्य चौकी ६२, सामुदायिक स्वास्थ्य इकाइ २७ र सहरी स्वास्थ्य इकाइ ५ गरी ९८ वटा सरकारी स्वास्थ्य संस्था छन्।उनका अनुसार जिल्लाको पूर्वी, पश्चिमी र दक्षिणी क्षेत्रका स्वास्थ्य संस्थामा वर्षाका समय सडकको समस्या हुने गरेको छ। राजमार्ग क्षेत्र र जिल्लाको उत्तरी क्षेत्रमा सडकको समस्या कम भए पनि बहादुरपुर, ज्यामीरे, निस्दी, दोभान, बल्ढेङगढी, हुँगी, बाकामलाङ क्षेत्रमा समस्या बढी रहेको उनले बताए। ‘जिल्लामा खोलाले कम रोक्छ,’ ज्ञवालीले भने ‘पहिरोले रोक्ने र नाली नभएका सडकमा वर्षाको भलले सडक नै खोल्ने समस्या बढी छ।’ नेपालन्युजबाट

    Advertisement

    मङ्गलबार, असोज ०७, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?
    नेपालका चौबिस स्थान भासिने खतरामा
    मातृभाषा सिक्दै कुसुन्डा
    प्युठानमा संरक्षण नहुँदा तामाखानी पुरिए
    प्युठानका गाउँ गाउँमा देवाली पर्वको रौनक
    प्युठानको आलमदेवी मन्दिरमा सात दशकदेखी ‘दलित’ पुजारी

    लोकप्रिय

    • १.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित

    • २.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • ३.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • ४.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख

    • ६.
      एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव

    भर्खरै

    • १.
      धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

    • २.
      बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

    • ३.
      रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

    • ४.
      जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

    • ५.
      प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

    • ६.
      सल्यानमा बोलेरो दुर्घटना, तीन जनाको मृत्यु

    • ७.
      धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

    • ८.
      राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation