काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भोटेकोशी बाढीका कारण प्रभावित नुवाकोटका अधिकांश स्थानमा विद्युत् सेवा पुनःस्थापना गरेको छ ।
बाढीका कारण नियमित विद्युत् आपूर्ति प्रणाली प्रभावित भएपछि प्राधिकरणले धादिङ, काठमाडौं र सिन्धुपाल्चोकबाट ६६ केभी लाइनलाई ११ केभीमा चार्ज गरी वैकल्पिक मार्गबाट विद्युत् आपूर्ति गरिरहेको जनाएको छ ।
विद्युत् सेवा पूर्णरूपमा नियमित हुन समय लाग्ने क्षेत्रमा अस्पताल, दूरसञ्चारलगायत अत्यावश्यक सेवाका लागि जेनेरेटरमार्फत विद्युत् आपूर्ति व्यवस्था मिलाइएको छ । त्यसका लागि काठमाडौंलगायतका स्थानबाट २५/२५ केभीएका दुई तथा ५० केभीए क्षमताका डिजेल जेनेरेटरसहित चारवटा प्राविधिक टोली नुवाकोट पठाइएको प्राधिकरणले जनाएको छ । प्राविधिक टोलीले अत्यावश्यक क्षेत्रमा जेनेरेटर जडान गरी ब्याकअप पावरको व्यवस्था गरिरहेको छ । बाढीबाट क्षतिग्रस्त विद्युत् संरचनाको प्राविधिक मूल्यांकन गर्दै नियमित आपूर्ति पूर्णरूपमा पुनःस्थापनाको काम पनि सँगसँगै अघि बढाइएको प्राधिकरणले जनाएको छ ।
यसैबीच, रसुवामा समेत विद्युत् सेवा पुनःस्थापना गर्न विभिन्न वैकल्पिक उपायको तयारी भइरहेको प्राधिकरणले जनाएको छ ।
नुवाकोटमा अधिकांश स्थानमा विद्युत् सेवा पुनःस्थापना
नुवाकोटमा अधिकांश स्थानमा विद्युत् सेवा पुनःस्थापना
Advertisement
तपाईको प्रतिक्रिया