• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, भदौ २९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

सल्यानमा बोलेरो दुर्घटना, तीन जनाको मृत्यु

धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

लोकप्रिय समाचार

  • १. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • २. ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

  • ३. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ४. भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

  • ५. भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख सहयोग

  • ६. एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

  • ७. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ८. जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

  • ९. भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

  • १०. बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

गुल्मी अस्पतालमा बढ्दो बिरामीको चाप


  •   मङ्गलबार, भदौ ०९, २०८३ मा प्रकाशित
  • गुल्मी — गुल्मी अस्पतालमा उपचारका लागि आउने बिरामीको संख्या वर्षेनि बढ्दै गएको छ । पछिल्ला तीन आर्थिक वर्षको तथ्यांक हेर्दा अस्पतालको ओपीडी सेवामा आउने बिरामीको संख्या मात्रै ८१ हजारभन्दा बढी पुगेको छ ।
    अस्पतालले आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रममा प्रस्तुत तथ्यांकअनुसार आर्थिक वर्ष २०८०/८१ मा ओपीडी सेवाबाट ७३ हजार ८ सय ७९ जनाले सेवा लिएका थिए । २०८१/८२ मा यो संख्या बढेर ७८ हजार २ सय ५४ पुग्यो । गत आर्थिक वर्ष २०८२/८३ मा ओपीडीबाट सेवा लिनेको संख्या ८१ हजार ६ सय ३४ पुगेको अस्पतालले जनाएको छ ।
    तीन वर्षको अवधिमा ओपीडीबाट सेवा लिने बिरामीको संख्या करिब १० दशमलव ५ प्रतिशतले बढेको हो ।
    अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विभव बस्यालका अनुसार पछिल्लो समय थपिएका विशेषज्ञ तथा विशिष्टीकृत सेवाका कारण अस्पतालमा बिरामीको चाप बढेको हो । हाडजोर्नी, मिर्गौला डायलाइसिस, प्रसूति तथा बालरोगलगायतका सेवा विस्तार भएपछि गुल्मीका साथै छिमेकी जिल्लाबाट समेत उपचारका लागि बिरामी आउन थालेका छन् ।
    ओपीडीसँगै अस्पतालका अन्य सेवामा पनि बिरामीको चाप बढेको तथ्यांकले देखाउँछ । आर्थिक वर्ष २०८०/८१ मा १ हजार ९ सय २६ वटा शल्यक्रिया भएकोमा २०८२/८३ मा यो संख्या बढेर २ हजार ९ सय ८ पुगेको छ ।
    त्यस्तै आकस्मिक सेवाबाट उपचार लिने बिरामीको संख्या तीन वर्षमा १० हजार ८ सय १ बाट बढेर १३ हजार ५ सय ९१ पुगेको छ । अस्पतालमा भर्ना हुने बिरामीको संख्या पनि १ हजार ८ सय ६७ बाट बढेर २ हजार ५ सय ३७ पुगेको छ ।
    बिरामीको संख्या बढ्दै गए पनि गुल्मी अस्पतालले भने अझै पुरानो र साँघुरो भवनबाट सेवा सञ्चालन गरिरहेको छ । अस्पतालको नयाँ भवन निर्माणको काम करिब ९२ प्रतिशत सम्पन्न भएको अस्पताल प्रशासनले जनाएको छ ।
    दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको नयाँ भवनको काम पाँच वर्ष बितिसक्दा पनि पूरा हुन सकेको छैन ।
    नयाँ भवन सञ्चालनमा आएपछि अस्पतालका सेवा थप व्यवस्थित हुने र विशेषज्ञ सेवा विस्तार गर्नसमेत सहज हुने अस्पतालका जनस्वास्थ्य अधिकृत बोम अर्यालले बताए । उनका अनुसार अस्पतालमा सेवा विस्तारसँगै बिरामीको विश्वास पनि बढ्दै गएको छ ।
    जिल्लाभित्रका साथै छिमेकी जिल्लाबाट समेत उपचारका लागि बिरामी आउने क्रम बढेकाले अस्पतालको सेवा विस्तारसँगै पूर्वाधार विकासलाई पनि प्राथमिकता दिनुपर्ने स्थानीयको जोड छ ।

    Advertisement

    मङ्गलबार, भदौ ०९, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नारायणी अस्पतालको क्याथ ल्याब सञ्चालनमा
    रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो
    स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट
    मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि
    राप्तीमा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार, लक्षित वर्गलाई निःशुल्क एम्बुलेन्स
    जनकपुरमा मिर्गौला उपचार केन्द्र बनाउन अध्ययन समितिको सिफारिस

    लोकप्रिय

    • १.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • २.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित

    • ३.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • ४.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख

    • ६.
      एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव

    भर्खरै

    • १.
      धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

    • २.
      बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

    • ३.
      रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

    • ४.
      जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

    • ५.
      प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

    • ६.
      सल्यानमा बोलेरो दुर्घटना, तीन जनाको मृत्यु

    • ७.
      धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

    • ८.
      राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation