काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमै डिजाइन र निर्माण भएको विद्युतीय स्कुटर ‘यात्री पी–२’ ले राष्ट्रिय आत्मविश्वास जगाएको बताएका छन् ।
सिप्रदी यात्री कम्पनीले नेपालमै निर्माण गरेको ‘यात्री पी–२’ सोमबार सार्वजनिक गर्दै अर्थमन्त्री वाग्लेले बुढानीलकण्ठमा डिजाइन र धादिङमा उत्पादन हुने विश्वस्तरीय स्कुटर नेपालमै बन्नु गर्वको विषय भएको बताए । ‘नेपालमा केही हुँदैन’ भन्नेहरूलाई लक्षित गर्दै उनले भने, ‘नेपालमा केही हुँदैन भन्नेहरूका लागि यो नेपालमा बबालै हुन्छ भन्ने सन्देश हो । नेपालमै बनेको यात्री विद्युतीय स्कुटरले राष्ट्रिय आत्मविश्वास पनि जगायो ।’
अर्थमन्त्री वाग्लेले ‘यात्री पी–२’ इटालीका प्रख्यात ब्रान्डभन्दा पनि अब्बल बनोस् र विश्व बजारमा फैलिन सकोस् भन्दै शुभकामना दिए ।
नेपालमै बनेको विद्युतीय स्कुटरको विस्तार र प्रवर्द्धनका लागि सरकारले आवश्यक सहयोग तथा संरक्षण गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।
नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले
नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले
Advertisement
तपाईको प्रतिक्रिया