विराटनगर । कोशी अस्पतालको सरकारी जग्गामा बनेका अतिक्रमित संरचना एक साताभित्र हटाइने भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र गृहमन्त्री सुधन गुरुङले आइतबार अस्पतालको संयुक्त निरीक्षणपछि अतिक्रमण हटाउने प्रक्रिया तीव्र पार्न सम्बन्धित निकायलाई निर्देशन दिएका हुन्।
स्वास्थ्यमन्त्री मेहताले अस्पताल प्रशासनले असार ५ गते जारी गरेको १५ दिने सूचना सकिँदासमेत संरचना खाली नभएकाले अब थप ढिलाइ नगरी अतिक्रमण हटाइने बताइन्। गृहमन्त्री गुरुङले स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय गरेर कानुनअनुसार अवैध संरचना हटाउन निर्देशन दिए।
अस्पताल प्रशासनका अनुसार अस्पतालको स्वामित्वमा रहेको जग्गामा नेपाल रेडक्रस सोसाइटी, नेपाल क्षयरोग निवारण संस्था, गणेश मन्दिर समिति र देवकोटा पुस्तकालयले स्थायी संरचना निर्माण गरेका छन्। तीमध्ये केही संरचना व्यावसायिक प्रयोजनमा समेत प्रयोग हुँदै आएका छन्।
यसअघि शनिबार मन्त्री मेहताले अस्पतालको आकस्मिक कक्ष, वार्ड, प्रयोगशाला, फार्मेसी तथा निर्माणाधीन संरचनाको निरीक्षण गर्दै अस्पताल परिसरमै विशेषीकृत आँखा अस्पताल स्थापना गर्ने विषयमा प्रारम्भिक छलफलसमेत गरेकी थिइन्।
कोशी अस्पतालको अतिक्रमण हटाउन एक साताको समय
कोशी अस्पतालको अतिक्रमण हटाउन एक साताको समय
Advertisement
तपाईको प्रतिक्रिया