• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

लोकप्रिय समाचार

  • १. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • २. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ३. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • ४. टिमुरेको टेलिफोन टावरमा सोलार जडान

  • ५. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ६. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ७. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ८. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ९. सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

  • १०. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

सिक्टा आयोजना समयमै सक्न मन्त्री श्रेष्ठको जोड


  •   आइतबार, असार २१, २०८३ मा प्रकाशित
  • बाँके — ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना निर्धारित समयसीमाभित्र सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। उनले बजेट सुनिश्चित गर्दै कानुनी तथा प्रशासनिक जटिलता हटाएर निर्माण कार्यलाई तीव्रता दिइने बताएका हुन्।
    आयोजनाको स्थलगत निरीक्षणपछि कर्मचारी र लाभान्वित किसानसँग भएको अन्तरक्रियामा मन्त्री श्रेष्ठले बहुवर्षीय ठेक्का तथा सहमतिसम्बन्धी प्रक्रियालाई थप प्रभावकारी बनाइने बताए। आयोजना समयमै सम्पन्न गर्न आवश्यक नीतिगत सहजीकरणका लागि मन्त्रालयले पहल गर्ने उनको भनाइ थियो।
    उनले नहर क्षेत्रको अतिक्रमण, प्रदूषण र अव्यवस्थित सहरीकरणका कारण सिँचित क्षेत्र खुम्चिँदै गएको भन्दै नहर संरक्षणलाई प्राथमिकतामा राख्नुपर्ने बताए। सिँचाइ पूर्वाधारसँगै कृषि उत्पादनको बजारीकरण, गुणस्तरीय बीउ र मलको उपलब्धता तथा कृषि मूल्य शृङ्खला विकासमा पनि सरकारले समन्वय गर्ने उनले बताए।
    मन्त्री श्रेष्ठले सिक्टा आयोजना पूर्वाधार निर्माणमा मात्रै सीमित नभई बाँकेको कृषि आधुनिकीकरण, उत्पादन वृद्धि, खाद्य सुरक्षा र किसानको आयआर्जन बढाउने दीर्घकालीन आधार बन्ने उल्लेख गरे। निरीक्षणका क्रममा उनले स्थानीय किसानसँग रोपाइँको अवस्था, सिँचाइ सुविधा र उनीहरूले भोगिरहेका समस्याबारे पनि जानकारी लिएका थिए।
    राप्ती सोनारी गाउँपालिका–अगैयास्थित राप्ती नदीमा निर्माण गरिएको ३१७ मिटर लामो ब्यारेजमार्फत सञ्चालनमा रहेको सिक्टा सिँचाइ आयोजना आर्थिक वर्ष २०६१/६२ मा सुरु भएको हो। आयोजनाले बाँकेका आठ स्थानीय तहका ४२ हजार ७६६ हेक्टर कृषियोग्य जमिनमा भरपर्दो सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य राखेको छ।
    आर्थिक वर्ष २०६८/६९ मा राष्ट्रिय गौरवको आयोजनाका रूपमा सूचीकृत यस आयोजनाको अनुमानित लागत ५२ अर्ब ८९ करोड रुपैयाँ छ। आर्थिक वर्ष २०८९/९० भित्र सम्पन्न गर्ने लक्ष्य रहेको आयोजनाको हालसम्म ५०.५० प्रतिशत भौतिक र ४५.५३ प्रतिशत वित्तीय प्रगति भएको छ। आयोजनाअनुसार हालसम्म २४ अर्ब ८ करोड रुपैयाँ खर्च भइसकेको छ भने करिब २५ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार गरिएको छ।
    आयोजनाअन्तर्गत ब्यारेज, डिसिल्टिङ बेसिन, फ्लसिङ च्यानल, पश्चिमी मूल नहर र पूर्वी मूल नहरको ठूलो हिस्सा निर्माण सम्पन्न भइसकेको छ। शाखा तथा उपशाखा नहर, तटबन्ध, जलाशय निर्माण, जमिन अधिग्रहण र लिफ्ट सिँचाइ प्रणाली विस्तारका काम पनि जारी रहेको आयोजनाले जनाएको छ।

    Advertisement

    आइतबार, असार २१, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने
    वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण
    ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा
    सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम
    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • २.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    • ३.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ४.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ५.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ६.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    भर्खरै

    • १.
      कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

    • २.
      पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

    • ३.
      लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

    • ४.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ५.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

    • ६.
      दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

    • ७.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

    • ८.
      वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...