• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज १४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

लोकप्रिय समाचार

  • १. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • २. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • ३. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ४. प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

  • ५. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • ६. बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

  • ७. सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

  • ८. बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

  • ९. टिमुरेको टेलिफोन टावरमा सोलार जडान

  • १०. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल ल्याइँदै


  •   बुधबार, असार १७, २०८३ मा प्रकाशित
  • काठमाडौँ — धान रोपाइँको मुख्य सिजनमा मल अभाव हुन नदिन सरकारले साउनभित्र करिब २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात गर्ने तयारी गरेको छ। कृषि, वन तथा पर्यावरण मन्त्रालयका अनुसार भारतसँगको सरकार–सरकार (जीटुजी) सम्झौता र अन्तर्राष्ट्रिय टेन्डरमार्फत मल आपूर्ति प्रक्रिया अघि बढाइएको हो।
    मन्त्रालयका अनुसार भारतसँग भएको ८० हजार मेट्रिक टन युरिया आयात सम्झौताअन्तर्गत पहिलो चरणमा ५० हजार मेट्रिक टन मल साउन दोस्रो सातासम्म नेपाल आइपुग्नेछ। यसमध्ये ३० हजार मेट्रिक टन युरिया असार अन्त्यदेखि साउन दोस्रो साताभित्र नेपाल भित्रिने तयारी छ।
    यस्तै, अन्तर्राष्ट्रिय टेन्डरमार्फत १ लाख ८० हजार मेट्रिक टन रासायनिक मल ल्याइँदैछ। यसमा ६० हजार मेट्रिक टन डीएपी र १ लाख २० हजार मेट्रिक टन युरिया रहेको मन्त्रालयले जनाएको छ। अधिकांश खेप साउन पहिलो सातासम्म नेपाल ल्याउने लक्ष्य राखिएको छ।
    ओमन, कतार, साउदी अरेबिया र भियतनामबाट ल्याइएका युरिया तथा डीएपी मलका विभिन्न खेप समुद्री मार्ग हुँदै कलकत्ता र विशाखापट्टनम बन्दरगाह पुगेका वा पुग्ने क्रममा छन्। ती मल साउन पहिलो र दोस्रो सातासम्म नेपाल भित्रिने कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले जनाएका छन्।
    मध्यपूर्वमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा मल आपूर्तिमा दबाब रहे पनि किसानलाई आवश्यक परिमाणमा मल उपलब्ध गराउने गरी व्यवस्थापन गरिएको मन्त्रालयले जनाएको छ। चालु आर्थिक वर्षमा करिब ६ लाख मेट्रिक टन रासायनिक मल अनुदानमा उपलब्ध गराउने सरकारको लक्ष्य छ।
    मल वितरणलाई व्यवस्थित र पारदर्शी बनाउन सम्बन्धित निकायलाई अनलाइन प्रणालीमा विवरण अद्यावधिक गर्न निर्देशन दिइएको मन्त्रालयले जनाएको छ। स्थानीय तहमा मलको कालोबजारी वा अनियमितता भए हटलाइन नम्बर ९७०००९९११३ वा क्यूआर कोडमार्फत गुनासो दर्ता गर्न सकिने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ।

    Advertisement

    बुधबार, असार १७, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा
    सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम
    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको

    • २.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना

    • ३.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    • ४.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ५.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • ६.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा

    भर्खरै

    • १.
      प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

    • २.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ३.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

    • ४.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ५.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ६.
      ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    • ७.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

    • ८.
      सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation