• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ३. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

  • ४. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ५. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

  • ६. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ७. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ८. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ९. लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

  • १०. पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

गुल्मीमा गिटी–बालुवा उत्खनन रोकिँदा निर्माण क्षेत्र संकटमा 


  •   बिहिबार, चैत २६, २०८२ मा प्रकाशित
  • गुल्मी । निर्माण व्यवसायी सङ्घ, गुल्मीले जिल्लाभित्र खोलानालाबाट गिटी–बालुवा उत्खननमा लगाइएको प्रतिबन्धप्रति गम्भीर असन्तुष्टि जनाउँदै तत्काल समस्या समाधान गर्न माग गरेको छ। संघले पत्रकार सम्मेलनमार्फत यस्तो जानकारी गराउँदै हालको निर्णयले निर्माण क्षेत्र नै ठप्प हुने अवस्था सिर्जना भएको जनाएको हो।
     संघका अनुसार स्थानीय तहहरूले वैधानिक रूपमा रोयल्टी असुल गरी गिटी–बालुवा उत्खननका लागि ठेक्का प्रक्रिया सम्पन्न गरिसकेका छन्। सोही प्रक्रियाअन्तर्गत व्यवसायीहरूले लाखौं रुपैयाँ तिरेर जिम्मेवारी लिइसकेका भए पनि स्थानीय प्रशासनले डोजर लगायत उपकरण प्रयोगमा रोक लगाउनु विरोधाभासपूर्ण र अव्यवहारिक निर्णय भएको बताइएको छ।
     प्रतिबन्धका कारण निर्माण सामग्रीको आपूर्ति प्रणाली अवरुद्ध भएको संघको  निर्माण व्यवसायी संघ गुल्मीका अध्यक्ष हरिकुमार श्रेष्ठले बताए ।खोलानालाबाट गिटी–बालुवा उत्खनन गरी क्रसर उद्योगमार्फत प्रशोधन नगरी निर्माण कार्य सम्भव नहुने हुँदा उपकरणमै रोक लगाइनु सम्पूर्ण निर्माण क्षेत्रमाथि प्रत्यक्ष प्रहार भएको श्रेष्ठले बताए । 
     संघले तत्काल उत्खनन कार्य सञ्चालन गर्न अनुमति दिन, डोजर लगायत उपकरण प्रयोगमा लगाइएको प्रतिबन्ध हटाउन, स्थानीय तह र प्रशासनबीच समन्वय गरी स्पष्ट तथा व्यवहारिक नीति ल्याउन र व्यवसायीहरूले भोगिरहेको आर्थिक क्षति न्यूनीकरणका लागि राहत व्यवस्था गर्न माग गरेको छ।  समस्या समाधानमा ढिलाइ भएमा विकास निर्माणका कार्यहरू पूर्ण रूपमा अवरुद्ध हुने, निर्माण क्षेत्र ठप्प हुने र व्यवसायीहरू गम्भीर आर्थिक संकटमा पर्ने चेतावनी संघले दिएको छ।
     साथै, यसबाट उत्पन्न परिस्थितिको जिम्मेवारी सम्बन्धित निकायले लिनुपर्ने संघको स्पष्ट धारणा छ।
    संघले नेपाल सरकारसमक्ष तत्काल निर्णय गरी निर्माण क्षेत्रलाई बचाउन जोडदार माग समेत गरेको छ।
    मूल्यवृद्धिले निर्माण क्षेत्र संकटमा, सबै ठेक्कामा ‘प्राइस एड्जस्टमेन्ट’ लागू गर्न माग
      निर्माण व्यवसायी सङ्घ, गुल्मीले पेट्रोलियम पदार्थ तथा निर्माण सामग्रीमा भएको तीव्र मूल्यवृद्धिका कारण निर्माण क्षेत्र गम्भीर संकटमा परेको भन्दै तत्काल नीतिगत सुधारको माग गरेको छ। संघले वर्तमान विषम परिस्थितिप्रति ध्यानाकर्षण गराउँदै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ ।
     संघका अनुसार अन्तर्राष्ट्रिय स्तरमा, विशेषगरी मध्यपूर्वी क्षेत्रको अस्थिरता र तनावका कारण पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेको छ, जसको प्रत्यक्ष प्रभाव नेपालमा परेको छ। डिजेल लगायत इन्धनको मूल्यवृद्धिसँगै डन्डी, सिमेन्ट तथा अन्य निर्माण सामग्रीमा समेत २५ देखि ३० प्रतिशतसम्म मूल्य बढिसकेको संघले जनाएको छ।
     यस प्रकारको अस्वाभाविक मूल्यवृद्धि व्यवसायीहरूको नियन्त्रण बाहिरको विषय भएको उल्लेख गर्दै संघले यसले हाल सञ्चालनमा रहेका निर्माण कार्यहरू गम्भीर रूपमा प्रभावित भएको जनाएको छ। हालको व्यवस्थाअनुसार ठूला ठेक्काहरूमा मात्र ‘प्राइस एड्जस्टमेन्ट’ लागू हुने र साना तथा मध्यम ठेक्काहरूमा सो सुविधा नपाइने अवस्था रहेको भन्दै संघले यसले साना व्यवसायीहरू झन् बढी मारमा परेको उल्लेख गरेको छ।
     यस्तो अवस्थाले धेरै व्यवसायीहरूको व्यवसाय धराशायी हुने जोखिम बढेको संघको भनाइ छ।
    संघले सबै प्रकारका ठेक्कामा तत्काल प्रभावबाट मूल्य समायोजन अनिवार्य रूपमा लागू गर्न, साना तथा मध्यम ठेक्काहरूमा पनि ठूला सरह स्पष्ट र बाध्यकारी प्रावधान ल्याउन, निर्माण लागतको यथार्थ मूल्याङ्कन गरी भुक्तानी समायोजन गर्न तथा व्यवसायीहरूको आर्थिक क्षति न्यूनीकरणका लागि विशेष राहत प्याकेज ल्याउन माग गरेको छ।
     संघले मागहरू सम्बोधन नगरिएमा निर्माण क्षेत्र ठप्प हुने, विकास निर्माणका कार्यहरू अवरुद्ध हुने र राष्ट्रिय अर्थतन्त्रमा समेत गम्भीर असर पर्ने चेतावनी दिएको छ। साथै, उत्पन्न परिस्थितिको जिम्मेवारी सम्बन्धित निकायले लिनुपर्ने स्पष्ट पारेको छ।

    Advertisement

    बिहिबार, चैत २६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने
    १२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य
    कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’
    पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने
    वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण
    ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा

    • ३.
      प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

    • ४.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ५.
      वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

    • ६.
      स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

    भर्खरै

    • १.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

    • २.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

    • ३.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

    • ४.
      रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

    • ५.
      सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

    • ६.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

    • ७.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

    • ८.
      झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation