• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, भदौ २९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

सल्यानमा बोलेरो दुर्घटना, तीन जनाको मृत्यु

धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

लोकप्रिय समाचार

  • १. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • २. ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

  • ३. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ४. भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

  • ५. भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख सहयोग

  • ६. एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

  • ७. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ८. जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

  • ९. भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

  • १०. बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

सेती प्रादेशिक अस्पतालको स्तरोन्नती, गेटा मेडिकल कलेजमा एमबीबीएसको पठनपाठन सुरु गराउनेछु : नेता आले


  •   आइतबार, माघ १९, २०८२ मा प्रकाशित
  • कैलाली : आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै गर्दा कैलाली जिल्ला निर्वाचन क्षेत्र नम्बर ५ मा चुनावी सरगर्मी तीव्र बन्दै गएको छ ।
    यही क्रममा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय नेता तथा पूर्व संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आले चुनावी अभियानमा व्यस्त देखिनु भएको छ ।
    कैलाली जिल्ला निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवार बन्नु भएका नेता आले पछिल्ला केही हप्तादेखि आफ्नो निर्वाचन क्षेत्रका गाउँ–गाउँ, टोल–टोल तथा बस्ती–बस्तीमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै जनसम्पर्कलाई तीव्रता दिई रहनु भएको छ ।
    चुनावी अभियानअन्तर्गत नेता आलेले वडा सम्पर्क कार्यालय उद्घाटन, कार्यकर्ता भेटघाट, घरदैलो कार्यक्रमलगायत विभिन्न गतिविधिलाई निरन्तरता दिनु भएको छ । स्थानीय जनताको सुख–दु:ख बुझ्दै विगतमा आफूले गरेका विकास निर्माणका काम र आगामी दिनका योजना सार्वजनिक गर्दै उहाँ मतदाताको विश्वास जित्ने प्रयासमा जुटिरहनु भएको बताइएको छ ।
    आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कैलाली–५ मा १५ जनाको उम्मेदवारी परेको छ । प्रमुख राजनीतिक दलहरूले आ–आफ्ना प्रभावशाली उम्मेदवार मैदानमा उतारेका छन् ।
    नेपाली कांग्रेसबाट नरनारायण शाह (मनु), नेकपा (एमाले) बाट यज्ञराज ढुंगाना, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट प्रेमबहादुर आले तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट आनन्दबहादुर चन्द उम्मेदवार रहनु भएको छ । यस क्षेत्रको निर्वाचन प्रतिस्पर्धालाई निकै चासोपूर्ण रूपमा हेरिएको छ । डोटी जिल्लाबाट तीन पटक प्रतिनिधि सभा सदस्य निर्वाचित भइसकेका तथा विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हालिसक्नु भएका नेता आले यसपटक नयाँ निर्वाचन क्षेत्र कैलाली–५ बाट उम्मेदवार बन्नु भएको हो ।
    उहाँ २०७० र २०७४ सालमा नेकपा (एमाले) बाट तथा २०७९ सालमा नेकपा (एकीकृत समाजवादी) बाट निर्वाचित हुनुभएको थियो। यसपटक नेकपाले उहाँलाई कैलाली–५ बाट उम्मेदवार बनाएको छ ।
    आफ्नो चुनावी अभियानका क्रममा नेता आलेले विगतमा मन्त्री हुँदा कैलाली जिल्लाका लागि गरेका कामहरूलाई प्रमुख उपलब्धिका रूपमा प्रस्तुत गर्दै आउनु भएको छ ।
    उहाँले डोटीबाट निर्वाचित भएर वनमन्त्री भएका बेला कैलालीसहित चुरे क्षेत्रको वन विनाश रोक्न वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम खारेज गर्दै रुख कटान गरी काठ तस्करी नियन्त्रणमा महत्वपूर्ण भूमिका खेलेको दाबी गर्नुभएको छ ।
    त्यसैगरी कोरोना महामारीको कठिन समयमा सेती प्रादेशिक अस्पतालमा अक्सिजनको व्यवस्था गराएर यहाँका नागरिकको जीवन रक्षा गर्न योगदान दिएको उहाँको भनाइ छ ।
    धार्मिक तथा सांस्कृतिक क्षेत्रको विकासका लागि बेहडा बाबा मन्दिरमा बजेट विनियोजन गरिएको, धनगढी विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको रूपमा विकास गर्न बजेट विनियोजन गरी हाल टर्मिनल लगायतका भवन, ब्यागेज बेल्ट लगायतका नयाँ भौतिक संरचनाहरू निर्माण भइसकेको उल्लेख गर्दै आउनु भएको छ ।
    पूर्वमन्त्री आले भन्नुहुन्छ, “म विगतमा मन्त्री भएको बेला कैलाली जिल्लामा थुप्रै विकासका काम गरेको छु । म जनताको सेवामा खटिने व्यक्ति हुँ । मैले गरेको विकास जनताले छर्लङ्ग रूपमा देखिरहनु भएको छ ।”
    आगामी कार्यकालका लागि आफ्ना प्रतिबद्धता सार्वजनिक गर्दै आलेले धनगढीस्थित सेती प्रादेशिक अस्पतालको स्तरोन्नति, गेटा मेडिकल कलेजमा एमबीबीएस तहको पठनपाठन सुरु गराउने तथा फाप्ला रंगशालाको निर्माण पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको बताउनुभएको छ ।
    त्यसैगरी उहाँले धनगढीलाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउने कार्यलाई पूर्णता दिने, धनगढीको जिरो प्वाइन्टबाट खुटिया, दिपायल हुँदै बझाङको उरै भञ्ज्याङसम्म जोड्ने रणनीतिक सडक निर्माणलाई आफ्नो प्रमुख एजेन्डा बनाएको स्पष्ट पार्नुभएको छ ।
    “धनगढीलाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुका साथै सुदूरपश्चिमका दुर्गम जिल्लालाई सडक सञ्जालमार्फत जोड्नु मेरो सपना हो,” आलेले भन्नुभयो, “यी काम पूरा गर्नकै लागि म पुन: जनताको मत माग्दै चुनावी मैदानमा होमिएको छु ।”
    चुनावी माहोल तातिँदै जाँदा कैलाली–५ मा मतदाताले कसलाई विश्वास गर्छन् भन्ने चासो निकै बढ्दै गएको छ । विकासका काम, अनुभव र प्रतिबद्धतालाई आधार बनाएर प्रेमबहादुर आलेले मतदाताको मन जित्ने प्रयासलाई तीव्र बनाइरहनु भएको छ ।

    Advertisement

    आइतबार, माघ १९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड
    भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन
    माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक
    तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का
    बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा
    भान्साबाट देश चिनाउने युवराजको सपना

    लोकप्रिय

    • १.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • २.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित

    • ३.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • ४.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख

    • ६.
      एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव

    भर्खरै

    • १.
      धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

    • २.
      बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

    • ३.
      रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

    • ४.
      जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

    • ५.
      प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

    • ६.
      सल्यानमा बोलेरो दुर्घटना, तीन जनाको मृत्यु

    • ७.
      धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

    • ८.
      राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation