सल्यान — सल्यानको त्रिवेणी गाउँपालिका–५ सिम्कमा बोलेरो गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। शनिबार बिहान सिम्कबाट लुहाम हुँदै दाङतर्फ जाँदै गरेको लु.प्र.०२–००१ ज ०००५ नम्बरको बोलेरो अनियन्त्रित भई सडकबाट करिब ९० मिटर तल खसेको हो।
दुर्घटनामा त्रिवेणी गाउँपालिका–६ पोखरीका ८ वर्षीय रेशम बुढाथोकी र त्रिवेणी गाउँपालिका–५ सल्लेका करिब १८ वर्षीया विपना बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। उनीहरूलाई जिल्ला अस्पताल सल्यानमा उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए।
दुर्घटनामा घाइते भएका त्रिवेणी–५ का ५० वर्षीय डिल्लीबहादुर वलीको दाङमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
घाइतेमध्ये बोलेरो चालक त्रिवेणी–५ सिम्कका २४ वर्षीय भुपाल पुनको अवस्था गम्भीर छ। उनको टाउकोमा चोट लागेको र बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ।
अन्य घाइतेमा त्रिवेणी–५ का २९ वर्षीय पारस बोहरा र त्रिवेणी–६ की करिब ४२ वर्षीया लालमति बुढाथोकी छन्। उनीहरूको टाउकोमा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
घाइतेहरुलाई लुहामस्थित त्रिवेणी हेल्थ केयरमा सामान्य उपचारपछि थप उपचारका लागि दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ।
सल्यानमा बोलेरो दुर्घटना, तीन जनाको मृत्यु
सल्यानमा बोलेरो दुर्घटना, तीन जनाको मृत्यु
Advertisement
तपाईको प्रतिक्रिया