काठमाडौं । भोटेकोशी बाढीले क्षतिग्रस्त धादिङको जहरे सबस्टेसन मर्मतपछि पुनः सञ्चालनमा आएको छ।
गत भदौ १० गते आएको बाढीका कारण जहरेखेतस्थित सबस्टेसनमा करिब १० फिटसम्म लेदोसहितको पानी जमेको थियो। बाढीले सबस्टेसनका विद्युत् उपकरण तथा संरचनामा क्षति पुर्याएपछि विद्युत् आपूर्ति प्रभावित भएको थियो।
नेपाल विद्युत् प्राधिकरणले जनशक्ति, उपकरण तथा आवश्यक सामग्री परिचालन गरी सबस्टेसनको मर्मत तथा पुनःस्थापनाको काम तीव्र बनाएको थियो। प्राधिकरणका अनुसार भदौ २८ गते दिउँसो २ बजेदेखि सबस्टेसन पुनः सञ्चालनमा ल्याइएको हो।
सबस्टेसन सञ्चालनमा आएसँगै गजुरी बजार, आदमघाट फिडरअन्तर्गतको २२ किलो क्षेत्र तथा पीडा फिडरअन्तर्गत किरान्चोक, मिलनटारलगायत क्षेत्रमा विद्युत् सेवा पुनःस्थापित भएको छ।
सबस्टेसन सञ्चालनमा आएसँगै प्रभावित क्षेत्रमा विद्युत् आपूर्ति क्रमशः सामान्य बन्दै गएको प्राधिकरणले जनाएको छ। नियमित र भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न आवश्यक मर्मत तथा पुनःस्थापनाका कामलाई प्राथमिकताका साथ अघि बढाइएको प्राधिकरणको भनाइ छ।
बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा
बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा
Advertisement
तपाईको प्रतिक्रिया