धनुषा । नापजाँच सम्पन्न भएको करिब ११ वर्षपछि धनुषाको हंसपुर नगरपालिका–५ (साविक सुगा निकास गाविस) का ३६५ परिवारले जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) पाएका छन् ।
लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका उनीहरूले अब आफ्नो जग्गाको कानुनी स्वामित्व पाएका हुन् । नापी कार्यालय धनुषाले आवश्यक प्रक्रिया पूरा गरी ३६५ परिवारलाई लालपुर्जा वितरण गरेको हो ।
उक्त क्षेत्रमा २०७२ सालमै जग्गाको नापजाँच सम्पन्न भएको थियो । तर नापनक्सा सकिए पनि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा लालपुर्जा वितरण रोकिएको थियो ।
लामो समयदेखि रोकिएको प्रक्रिया अघि बढेपछि अहिले ३६५ थान जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएको नापी कार्यालयले जनाएको छ।
लालपुर्जा पाएसँगै स्ववासीका रूपमा रहेका परिवारको जग्गामाथिको स्वामित्व औपचारिक रूपमा स्थापित भएको छ । यससँगै उनीहरूलाई जग्गा बैंक तथा वित्तीय संस्थामा धितो राखेर ऋण लिन, किनबेच गर्न तथा जग्गासम्बन्धी विवाद समाधान गर्न सहज हुने अपेक्षा गरिएको छ ।
यसअघि धनुषाका विभिन्न क्षेत्रमा ३ हजार ६०१ परिवारलाई लालपुर्जा वितरण गरिएको थियो ।
धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
Advertisement
तपाईको प्रतिक्रिया