प्यूठान।जिल्लाको बिजुवारस्थित कालिका अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालयले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि दुई लाख रुपैयाँ सहयोग गरेको छ।
प्याब्सनले सञ्चालन गरेको देशव्यापी विपद् राहत अभियानमा ऐक्यबद्धता जनाउँदै विद्यार्थी, शिक्षक, कर्मचारी र विद्यालयको सहभागितामा रकम संकलन गरिएको हो।
विद्यालयका विद्यार्थीबाट ५२ हजार १८०, शिक्षक तथा कर्मचारीबाट ३८ हजार ३५३ र विद्यालयको तर्फबाट एक लाख नौ हजार ४६७ रुपैयाँ संकलन भएको प्याब्सन प्यूठानका सचिव शरद गौतमले जानकारी दिनुभयो।
संकलित रकम जिल्ला प्याब्सनमार्फत केन्द्रीय प्याब्सन हुँदै प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको विद्यालयका प्रिन्सिपल दुर्गाबहादुर गुरुङले बताउनुभयो।
विपद्मा परेका नागरिकलाई सहयोग गर्नुका साथै विद्यार्थीमा मानवीय संवेदना, सामाजिक उत्तरदायित्व र सहयोगको भावना विकास गराउने उद्देश्यले अभियानमा सहभागी भएको विद्यालयले जनाएको छ।
भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख सहयोग
भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख सहयोग
Advertisement
तपाईको प्रतिक्रिया