धनुषा । नापजाँच भएको करिब पाँच वर्षपछि धनुषाको सबैला नगरपालिका–८ (साबिक ठिल्ला गाविस) का ३८५ परिवारले जग्गाधनी पुर्जा पाएका छन् ।
लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका उनीहरूले जग्गाधनी पुर्जा पाएसँगै आफ्नो जग्गाको कानुनी स्वामित्व प्राप्त गरेका छन् ।
नापजाँच सम्पन्न भए पनि जग्गा दर्ताका लागि आवश्यक जनसहभागिता न्यून हुँदा पुर्जा वितरणको प्रक्रिया लामो समयदेखि रोकिएको थियो । आवश्यक प्रक्रिया पूरा गरी नापी कार्यालय धनुषाले ३८५ थान जग्गाधनी पुर्जा वितरण गरेको हो ।
यसअघि सबैला नगरपालिकाका वडा नम्बर ४, ५, ६ र १० का ३ हजार २२६ परिवारलाई जग्गाधनी पुर्जा वितरण गरिएको थियो ।
Advertisement