• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • २. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • ३. इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

  • ४. मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

  • ५. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ६. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • ७. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ८. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

  • ९. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • १०. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल


  •   मङ्गलबार, भदौ २३, २०८३ मा प्रकाशित
  • लालगढ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीका कमजोरी सच्याउँदै जनताबीच पुनः स्थापित हुने बताएका छन्।
    मंगलबार धनुषाको लालगढमा एमाले मधेश प्रदेश कमिटीले आयोजना गरेको ‘मिसन पार्टी जागरण अभियान’ अभिमुखीकरण कार्यक्रममा उनले पछिल्लो निर्वाचनको परिणामले पार्टीलाई गम्भीर समीक्षा र पुनर्संगठनको आवश्यकता देखाएको बताए।
    पोखरेलले पार्टी सुदृढीकरणका लागि ‘छ ज’ अभियान अघि बढाइएको जानकारी दिए। उनका अनुसार अभियानमा जनतामा जाने, जनताका मुद्दा उठाउने, जनतासँग जोडिने, जनताको प्रिय बन्ने, जनसंगठनलाई व्यवस्थित रूपमा परिचालन गर्ने र जनताको बहुदलीय जनवादको परिणाममुखी अभ्यास गर्ने विषय समेटिएका छन्।
    पार्टी नयाँ पुस्तासँग जोडिन नसक्नु, युवाका चासो सम्बोधन गर्न नसक्नु, सामाजिक सञ्जालमा फैलिएका भ्रमको खण्डन गर्न नसक्नु तथा संस्थागत निर्णय र छलफल कमजोर हुँदै नेतामुखी बन्नु निर्वाचनमा पराजयका कारण रहेको पोखरेलले बताए।
    ‘हामी चुनावमा हार्‍यौं, यो अनपेक्षित परिणाम हो,’ उनले भने, ‘हामी मटियामेट भएका होइनौं, फेरि उठ्ने सामर्थ्य हामीसँग छ।’
    आगामी असोजको पहिलो साता बस्ने केन्द्रीय कमिटी बैठकपछि पार्टीलाई व्यवस्थित रूपमा अघि बढाउने कार्ययोजना बन्ने उनले बताए।
    बाढीको विपत्तिबाट मुलुकलाई निकाल्न सरकार र राजनीतिक दलबीच सहकार्य तथा समन्वय आवश्यक रहेको भन्दै पोखरेलले संघीय सरकार एक्लै हिँड्न खोजेको आरोप लगाए। बाढीका बेला सुरुङमा फसेकाको उद्धारका लागि विज्ञको सहयोग समयमै लिन नसक्दा मानवीय क्षति बढेको उनको दाबी थियो।
    कार्यक्रममा एमालेका परराष्ट्र मामिला विभाग प्रमुख प्रदीप ज्ञवालीले सूचना तथा सञ्चार प्रविधिको प्रभावकारी प्रयोग गर्न नसक्दा पार्टी र नेतृत्वविरुद्ध फैलाइएका कुप्रचारको प्रतिवाद गर्न नसकिएको बताए। उनले पार्टीका कमजोरी पहिचान गरी सुधार गर्दै सामाजिक विकासका मुद्दामा बस्ती तहसम्म उपस्थिति बलियो बनाउनुपर्नेमा जोड दिए।
    एमाले मधेश प्रदेशले असोजभित्र सबै वडा र कात्तिकभित्र पालिका तहका अधिवेशन सम्पन्न गर्ने तयारी गरेको प्रदेश सचिव मनोज पौडेलले जानकारी दिए। कार्यक्रममा मधेशका आठवटै जिल्लाका केन्द्रीय तथा प्रदेश कमिटी सदस्य र स्थानीय तहका पार्टी प्रमुखहरूको सहभागिता थियो।

    Advertisement

    मङ्गलबार, भदौ २३, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद
    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • २.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ३.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष

    • ४.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ :

    • ५.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ६.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...