• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, भदौ ०८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

१८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

लोकप्रिय समाचार

  • १. सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

  • २. जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

  • ३. पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

  • ४. धनुषाका ११० परिवारले पाए लालपुर्जा

  • ५. रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

  • ६. ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

  • ७. तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

  • ८. १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

  • ९. शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

  • १०. लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

संघर्षले हुर्काएको नेतृत्व : प्युठानका प्रेम, संघीय सांसदको जेनजी उम्मेदवार


  •   शनिबार, पुष १२, २०८२ मा प्रकाशित
  • प्युठान। ऐरावती गाउँपालिका–४, तिल्केनीमा जन्मिएका २६ वर्षीय प्रेमबहादुर विश्वकर्माको कथा साधारण छैन। यो कथा अभाव, संघर्ष र सम्भावनाले बनेको कथा हो।
    प्रेमका बुवा ओमबहादुर विश्वकर्मा २०५५/५६ सालदेखि तत्कालिन नेकपा माओवादीको शस्त्र विद्रोहमा होमिएका थिए। उनी पूर्णकालीन कार्यकर्ता बने। गणतन्त्र आयो, व्यवस्था फेरियो। तर बुबाको जीवन फेरिएन। उनी फेरि ज्यालामजदुरीमै फर्किए।
    पाँच सन्तान, श्रीमती र आफू गरी सात जनाको परिवार पाल्दै आएका ओमबहादुरको २०६८ पुस २८ गते, छिमेकी गाउँमा कामका लागि जाँदै गर्दा बाटोमै दुर्घटनाले ज्यान लियो। परिवारको सहारा ढल्यो।
    “रासन सकिएर कयौँ रात भोकै सुत्यौँ,” प्रेम आज पनि सम्झन्छन्।
    घरमा खेती थियो, तर आर्थिक अवस्था कमजोर। त्यसैले प्रेम १२ वर्षकै उमेरमा रोजगारीका लागि भारत गए। पढाइमा उत्कृष्ट विद्यार्थी भए पनि बाध्यताले किताब छोड्नुपर्‍यो।
    झण्डै एक वर्षपछि आमाले कुवेत जाने निर्णय गरेपछि प्रेम नेपाल फर्किए। फेरि विद्यालय पुगेर पढाइमा लागे। फेरि सपना देख्न थाले।
    संघर्षले उनलाई रोक्न सकेन। निरन्तर मेहनतका साथ उनले स्वर्गद्वारी बहुमुखी क्याम्पसमा स्नातक तहमा क्याम्पस टप गरे।
    हाल उनी छात्रवृत्तिमा त्रिभुवन विश्वविद्यालय, केन्द्रीय क्याम्पस कीर्तिपुरमा स्नातकोत्तर दोस्रो सेमेस्टरमा अध्ययनरत छन्।
    पढाइसँगै उनी समाजमा पनि सक्रिय रहे।
    २०७३ चैत १८ गतेदेखि जिल्ला बालसञ्जाल प्युठानको अध्यक्ष बनेर बालविवाह अन्त्य, बालश्रम रोकथाम र बालअधिकार संरक्षणमा काम गरे।
    विद्यार्थी राजनीतिमा पनि अग्रपङ्क्तिमा देखिए।
    तीन वर्षभन्दा बढी समय अखिल (क्रान्तिकारी) प्युठानको अध्यक्ष बनेर विद्यार्थी आन्दोलनको नेतृत्व गरे।
    हाल उनी अखिल क्रान्तिकारीको केन्द्रीय सदस्य हुन्।
    अब उनको संघर्षले नयाँ मोड लिँदैछ।
    नेपाली कम्युनिस्ट पार्टी, प्युठानले फागुन २१ गते हुने निर्वाचनका लागि प्रेमबहादुर विश्वकर्मालाई प्रत्यक्ष तर्फ प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार सिफारिस गरेको छ।
    सिफारिस हुनेमा प्रेमसहित लिलामणि पोख्रेल,कृष्णध्वज खड्का,अर्जुन कुमार कक्षपती,भोजविक्रम बुढामगर,मिलन एमसी,उमाराम पौडेल छन।
    सात जनामध्ये एक जनाको नाम पार्टी केन्द्रले अन्तिम निर्णय गर्नेछ।

    Advertisement

    शनिबार, पुष १२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत
    शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने
    प्युठानमा एमालेको ‘मिसन पार्टी जागरण’ अभियान, चार दिनमा ४ सय कार्यकर्तासँग प्रत्यक्ष भेट
    आचार्य नै रहने भए लुम्बिनीका मुख्यमन्त्री
    लुम्बिनीमा मन्त्रालय संख्या १२ बाट ८ मा झर्‍यो

    लोकप्रिय

    • १.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक

    • २.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री

    • ३.
      पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न

    • ४.
      धनुषाका ११० परिवारले पाए लालपुर्जा

    • ५.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी

    • ६.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    भर्खरै

    • १.
      हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

    • २.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

    • ३.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    • ४.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

    • ५.
      सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

    • ६.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

    • ७.
      १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

    • ८.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation