दाङ । दाङको घोराहीमा रहेको भरतपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको नयाँ नेतृत्वका लागि शंकर गौतम निर्विरोध निर्वाचित हुनु भएको छ । नवौ अधिवेशनको कार्यक्रम अन्तर्गत आज सोमबार भएको उमेदवारको मनोनयन दर्ताको समयसीमा भित्र अध्यक्षमा बर्तमान अध्यक्ष गौतमको एकल उम्मेद्बारी परेको हो ।
२०५८ सालमा कोषाध्यक्षबाट भरतपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको यात्रा शुरु गर्नु भएका शंकर गौतम २०६४ सालदेखि निरन्तर अध्यक्ष हुनुहुन्छ । संस्थाको आठौं कार्यकालको लागि आइतबार दिउँसो १२ बजेदेखि २ बजेसम्म मनोनयन दर्ताको समय निर्धारण गरिएको थियो । अध्यक्षमा गौतमको मात्रै उम्मेद्बारी परेको छ । ५ जना पदाधिकारी सहित ११ सदस्यीय कार्यसमितिको सवै पदमा पनि एक/एक जनाको मात्रै उम्मेद्बारी परेको भरतपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका कानुनी सल्लाहकार एवं निर्वाचन अधिकृत निर्मल गौतमले जानकारी दिनुभएको छ ।
नयाँ नेतृत्वको लागि आज भएको मनोनयन दर्ता कार्यक्रममा उपाध्यक्षका लागि जंगबहादुर जिसी, सचीवमा मिनराज लम्साल,सह-सचीवमा शान्तराज अधिकारी र कोषाध्यक्षमा सुनिता आचार्यको मात्रै उम्मेद्बारी परेको छ ।
यसैगरी सदस्यहरुमा हरिप्रसाद रिजाल, शिवकुमार भण्डारी, शारदा न्यौपाने, गीता पोख्रेल, मुना पोख्रेल र रोमा जिसीको उम्मेद्बारी परेको निर्वाचन अधिकृत निर्मल गौतमले जानकारी दिनुभएको छ ।
आज उम्मेद्बारी परेका मध्य उपाध्यक्ष जिसी पहिले पनि उपाध्यक्ष नै हुनुहुन्थ्यो । त्यस्तै सचीवमा उम्मेद्बारी दिनु भएका लम्साल सहसचिव हुनुहुन्थ्यो भने सहसचिव शान्तराज अधिकारी कार्यसमिति सदस्य र कोषाध्यक्षमा उम्मेद्बारी दिनु भएका आचार्य कार्यसमिति सदस्य हुनुहुन्थ्यो । त्यस्तै, कार्यसमितिका सदस्यहरु मध्ये ४ जना नयाँ र २ जना पुरानै अनुहार हुनुहुन्छ ।
उम्मेद्बारी दर्ता गरेकाहरुले भोलि मंगलवार बेलुकी ४ बजेसम्म उम्मेद्बारी फिर्ताको समय रहेको र त्यसपछि मात्रै निर्विरोध निर्वाचित भएको घोषणा गरिने निर्वाचन अधिकृत गौतमले जानकारी दिनुभएको छ ।
भरतपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको २३ औ साधारणसभा अस्ति शनिबार घोराहीमा भएको थियो । एउटै पदमा एक भन्दा बढीको उम्मेद्बारी परे आगामी शनिबार पौष १२ गते निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरिएको थियो ।
भरतपुर खानेपानीमा सातौ पटक पुनः शंकर गौतम निर्विरोध अध्यक्ष निर्वाचित
भरतपुर खानेपानीमा सातौ पटक पुनः शंकर गौतम निर्विरोध अध्यक्ष निर्वाचित
Advertisement
तपाईको प्रतिक्रिया