अर्घाखाँची । जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीले सोमबार लाहुरे बजार क्षेत्रमा क्षमताभन्दा बढी लोड बोकेका १५ ट्रिपरमाथि प्रत्यक्ष कारबाही गरेको छ।
ट्राफिक प्रमुख सरोज केसी आफैं जम्बो टोलीसहित पुगेका थिए र ट्रिपरको छतमा चढेर ढुंगा फाल्दै लोड घटाउन लगाएका थिए। यस क्रममा उनले चालक र सहचालकलाई सडक सुरक्षा, सवारी नियन्त्रण र दुर्घटना न्यूनीकरणसम्बन्धी संक्षिप्त प्रशिक्षण पनि दिएका छन्।
केसीले भने, “नियम विपरीत लोड बोक्ने सवारी, चालक वा सहचालकलाई कडा कानुनी कारबाही गरिनेछ।”
जिल्ला ट्राफिक प्रहरी कार्यालयले अभियान स्थलगत अनुगमन र सचेतनामार्फत निरन्तर जारी रहने जनाएको छ।
Advertisement