प्यूठान। नेपाली काङ्ग्रेस प्यूठानले आफ्नो पार्टी कार्यालय निर्माणका लागि नयाँ जग्गा खरिद गरेको छ।
बि.पि. बिचार समाज प्यूठानको नाममा रहेको २५४ बर्गमिटर क्षेत्रफलको जग्गा आइतबार रजिष्ट्रेशन पास भएको छ। प्यूठान नगरपालिका–७, टिकुरीमा खरिद गरिएको जग्गाबारे जानकारी दिँदै केन्द्रीय महाधिवेशन प्रतिनिधि पूर्ण कालाथोकीले भने, ‘यस जग्गामा पार्टीको कार्यालय भवन निर्माण गर्ने योजना अगाडि सारिएको छ।’
Advertisement